भेन्टिलेटरमा भारतका पूर्वराष्ट्रपति मुखर्जी
काठमाडौं। भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार ब्रेन अप्रेशन गरिएको छ। अप्रेशनपछि उनलाई भेन्टिलेटरमा राखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनको ब्रेनमा रगत जमेपछि अप्रेशन गरिएको जनाइएको छ।
दिल्लीस्थित आर्मी अस्पतालमा उनको उपचार भइरहेको छ। सोमबार नै अप्रेशन अघि गरिएको कोरोना परीक्षणमा पनि उनी कोरोना संक्रमित भएको पुष्टि भएको थियो। कोरोना संक्रमण भएको मुखर्जीले आफै ट्वीट गरेर जानकारी दिएका थिए। उनले आफू अन्य कारणले अस्पताल आए पनि कोरोना परीक्षण गर्दा कोरोना पोजिटभ भएको भन्दै आफूसँग भेट भएकाहरुलाई कोरोनाको परीक्षण गराउन र आइसोलेशनमा बस्न अनुरोध गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment