विश्वभर कोरोना : २४ घण्टामा २ लाख बढी थपिए, करिव ५ हजारले ज्यान गुमाए

डिसी नेपाल
२७ साउन २०७७ ७:५३

काठमाडौं। विश्वभर २४ घण्टामा २ लाख २४ हजार बढी कोरोना संक्रमित थपिएका छन्। यो सँगै कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड २ लाख ४६ हजार नाघेको छ।
विश्वभरका २ सय १५ देशमा फैलिएको कोरोनाका सबै भन्दा बढी संक्रमितहरु अमेरिकामा रहेका छन्। अमेरिकामा आधा करोड बढीमा संक्रमण देखिएको छ। तथ्याङ्कका अनुसार ५२ लाख ५१ हजार ४ सय बढी संक्रमितहरु अमेरिकामा देखिएका छन्। योसँगै अमेरिकामा २४ घण्टामा करिब ५२ हजार संक्रमित थपिएका हुन्।

यस्तै, संक्रमित धेरै हुने देशहरुमा अमेरिका पछि ब्राजिल रहेको छ। ब्राजिलमा ३लाख ५७ हजार बढी संक्रमित रहेका छन्। गत २४ घण्टामा करिव २२ हजार संक्रमित थपिएको तथ्याङ्कले देखाएको छ। १ करोड ३२ लाख ३१ हजार ५ सय बढीमा गरीएको पीसीआर परीक्षणबाट देखिएका संक्रमित मध्ये २१ लाख ६३ हजार बढी कोरोना संक्रमण मुक्त भएका छन्।

भारत संक्रमित हुने देशहरुको लिस्टमा तेस्रो नम्बरमा पर्दछ । भारतमा हालसम्म २ करोड ४५ लाख ८३ हजार ५ सय बढीमा पीसीआर परीक्षण गरिएकोमा २२ लाख ५६ हजार १ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा मात्र करिव ५२ हजार बढी संक्रमित भेटिएको तथ्याङ्कले जनाएको छ।

यस्तै, कोरोनाबाट मृत्यु हुनेमा पनि सबै भन्दा बढी अमेरिकामा रहेका छन्। तथ्याङ्क अनुसार अमेरिकामा हालसम्म १ लाख ६६ हजार १ सय बढीले कोरोनाका कारण ज्यान गुमाइ सकेका छन्। यस्तै कोरोनाका कारण ज्यान गुमाउनेमा अमेरिकापछि ब्राजिल रहेको छन्। ब्राजिलमा हालसम्म १ लाख १ हजार ८ सय बढीको कोरोनाका कारण मृत्यु भएको छ।

कोरोनाका संक्रमित कम भए पनि मृत्यु हुनेको संख्याका आधारमा विश्वको तेस्रो नम्बरमा मेक्सीको रहेको छ। मेक्सीकोमा १० लाख ९७ हजार बढीमा गरिएको पीसीआर परीक्षणबाट ४ लाख ८५ हजार ८ सय संक्रमित भेटिएका छन् भने ५३ हजार बढीले ज्यान गुमाई सकेका छन्।

गत २४ घण्टामा मात्र विश्वभर करिव ५ हजार बढीले कोरोनाका कारण ज्यान गुमाई सकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *