एक सय दुई दिनपछि न्यूजिल्याण्डमा पुनः देखा पर्‍यो कोरोना

डिसी नेपाल
२७ साउन २०७७ १९:११

काठमाडौं । न्यूजिल्याण्डमा एक सय दुई दिनपछि पुनः कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । न्यूजिल्याण्डको ठूलो शहर अकल्याण्डमा चार जनामा कोरोना संक्रमण देखिएको प्रधामन्त्रीलाई उदृत गर्दै गार्जियनले लेखेको छ।

प्रधानमन्त्री जेसिन्डा आर्डेनले त्यहाँ तेस्रो चरणको लकडाउन कायम रहेको बताएकी छन् । सङ्क्रमित चारै जना एउटै घरमा बस्ने गरेको र उनीहरुलाई कोरोना कसरी सर्‍यो भन्ने स्रोत पत्ता नलागेको बताइएको छ।

न्यूजिल्याण्डमा गत मे १ यता समुदाय संक्रमणको केस देखापरेको थिएन । अहिलेसम्म न्यूजिल्याण्डमा संक्रमणका १५७० केसहरु देखापरेका छन् जसमा २२ जनाको निधन भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *