नजरबन्दमा रहेका रोनाल्डिन्हो मुक्त हुने सम्भावना

डिसी नेपाल
२८ साउन २०७७ १४:१८

काठमाडौं । ब्राजिलका स्टार फुटबल खेलाडी रोनाल्डिन्हो र उनका भाई रोर्बट एसिस आउदो अगस्ट २४ मा रिहा हुने सम्भावना रहेको छ । ईएसपीएनको रिर्पोट अनुसार अदालतमा बुझाउनु पर्ने जरिवाना तिर्न सहमत भएको आधारमा २४ अगस्टमा उनीहरुले सफाई पाउने आशा गरिएको छ । सोमवार न्यायाधीस गुस्तावोले उनीहरुको मुद्वाको बारेमा समीक्षा गर्ने बताएका छन ।

अदालतको सर्त अनुसार रोनाल्डिन्होले ९० हजार डलर जरिवाना तिर्न सहमत भएका छन । उनले आगामी २ बर्ष सम्म प्रत्येक तिन महिना ब्राजिलका संघीय न्यायधीस समक्ष पनि पेश हुनु पर्नेछ । उनका भाई एसिसलाई एक लाख दश हजार डलर जरिवाना तिर्न आदेश दिईएको छ । साथै उनलाई २ बर्ष सम्म ब्राजिल छोडन प्रतिबन्ध लगाईएको छ ।

रोनाल्डिन्हो र उनका भाई एसिस नक्कली राहदानी बोकेको अभियोगमा मार्च महिनाबाट नजरबन्दमा रहेका छन । पराग्वे जेलमा करिब ३२ दिन बिताएपछि उनीहरुलाई घरमै नजरबन्दमा राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *