बेलायतले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकलाई के के सुझाव दियो?

डिसी नेपाल
२८ साउन २०७७ २३:३३

काठमाडौं। बेलायतले बुधबार नेपाल भ्रमणका लागि आफ्ना नागरिकहरुलाई एडभाइजरी जारी गरेको छ। बेलायतले बुधबार जारी गरेको नयाँ एडभाइजरीमा सेप्टेम्बर १ सम्म नेपालमा कमर्शिएल अन्तर्राष्ट्रिय उडान नहुने जनाएको छ। साथै नेपालमा कोरोनाको जोखिम रहेको भन्दै आफ्ना नागरिकहरुलाई सचेत हुन भनिएको छ।

बेलायती विदेश मन्त्रालय अन्तरगतको द फरेन एण्ड कमनवेल्थ अफिसले एडभाइजरी जारी गरेको हो। यस्तै नेपालमा सेप्टेम्बर १६ सम्म अन्तर्राष्ट्रिय सीमा पनि बन्द गरिएको बताएको छ।

२०१९ मा करिब ५० हजार बेलायती नागरिकले नेपाल भ्रमण गरेको बेलायतले जनाएको छ। उसले एडभाइजरीमा कोरोनामात्र नभएर नेपालबारे अन्य जानकारी पनि दिएको छ।

नेपालको लामखुट्टेदेखि आतंकवादी आक्रमणकोसमेत चिन्ता एडभाइजरीमा गरिएको छ। त्यस्तै नेपालसँधै भूकम्पको जोखिममा रहेकोसमेत बताइएको छ। र नेपालमा भ्रमण गर्दा आफ्ना नागरिकलाई एक्लै नहिँड्न भनिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *