डोनाल्ड ट्रम्पको पत्रकार सम्मेलनका बेला गोली चलाउने व्यक्तिको पहिचान
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्रकार सम्मेलन चलिरहेका बेला ह्वाइटहाउस बाहिर गोली चलाउने व्यक्तिको पहिचान भएको छ । ती व्यक्ति ५१ वर्षका मिरोन बेरीम्यान भएको सीबीएस बाल्टिमोरले जनाएको छ ।
घटना ह्वाइट हाउसको गेटबाहिर पेन्सिल्भेनिया एभेन्युको १७ औं स्ट्रिटमा भएको थियो जतिबेला ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पको पत्रकार सम्मेन चलिरहेको थियो । सोमबार अमेरिकी सिक्रेट सर्भिसले वक्तव्य जारी गर्दै ती व्यक्तिले घटनाको बेला एक सिक्रेट सर्भिस अधिकारीको अगाडि गएर आफूसँग हतियार भएको बताएका थिए । त्यसपछि उनले कपडाबाट केही निकालेर गोली हान्ने पोजिसनका उभिएपछि ती अधिकारीले उनलाई गोली हानेका थिए । बेरिम्यान अहिले अस्पतालमा रहेको र उनको अवस्था स्थिर रहेको बताइएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment