लकडाउनका अवधिमा ५ हजार बढी दुर्घटना, ४ हजार बढी घाइते, ४८५ को मृत्यु

तर्कबहादुर थापा
३० साउन २०७७ ८:३२

काठमाडौं। कोरोनाका कारण चैत्र ११ गतेदेखि नेपालभर लकडाउन सुरु भयो। लकडाउनमा अत्यावश्यक र पास विनाका सवारी  साधन चलाउन  प्रतिबन्ध थियाे। त्याे बीचमा निकै कममात्रै सवारी साधन चलेका थिए। तर, त्यही लकडाउनकाे बीचमा भएका सवारी दुर्घटनामा परी ४ सय ८५ जनाले ज्यान गुमाएका छन्।

काेराेना संक्रमणकाे जाेखिम कम गर्न लगाइएकाे लकडाउनमा ४ सय ८५ जनाकाे मृत्यु हुँदा काेराेना संक्रमणाबाट भने हालसम्म ९६ जनाकाे मृत्यु भएकाे छ।  लकडाउन अवधिमा ५ हजार बढी सवारी साधन दुर्घटना भएका छन्। ४ हजार बढी घाइते हुने गरी भएका दुर्घटनाबाट ४८५ जनाले ज्यान गुमाउनु परेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता सुरेश कडायतका अनुसार लकडाउन सुरु भएको २०७६ चैत्र ११ गतेपछि २०७७ साउन २८ गतेसम्म भएका सवारी दुर्घटनाबाट सबैभन्दा बढी प्रदेश ५ मा १ सय १८ जनाले ज्यान गुमाएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा १९ जनाको दुःख निधन भएको छ।

यस्तै, प्रदेश १ मा ७३ जना, प्रदेश २ मा १०६ जना, बाग्मती प्रदेशमा ५८ जना, गण्डकी प्रदेशमा ३६ जना र सुदूरपश्चिम प्रदेशमा ३६ जनाले सवारी दुर्घटनाबाट लकडाउन अवधिमा ज्यान गुमाएका छन्।

तीन सय ७८ पुरुष, ६८ महिला, २८ बालक र १२ बालिकाले सवारी दुर्घटनामा ज्यान गुमाएका हुन्। उपत्यकामा मात्र ३२ पुरुष र ७ महिला गरी ३९ जनाले लकडाउन अवधिमा सवारी दुर्घटनाबाट ज्यान गुमाएको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार यस अवधिमा सवारी दुर्घटनामा परी १ हजार ३ सय ८४ जना गम्भिर घाइते भएका छन् भने सामान्य घाइते हुनेमा ३ हजार ४९ जना रहेका छन्।

गम्भिर घाइते हुनेहरुमा ९ सय ८ पुरुष, २ सय ९ महिला रहेका छन्। यस्तै, १ सय १ बालक र ७१ जना बालिका गम्भिर घाइते भएको प्रहरी प्रवक्ता कडायतले जानकारी दिए। उनलका अनुसार उपत्यकामा ४५ जना गम्भिर घाइते भएका छन्।

गम्भिर घाइते हुनेमा सबैभन्दा बढी प्रदेश २ मा ४ सय ४० रहेका छन्। प्रदेश १ मा १ सय ७६ जना, प्रदेश ३ मा १६० जना, गण्डकी प्रदेशमा ७९ जना, प्रदेश ५ मा ३ सय ४० जना, कर्णाली प्रदेशमा ३९ जना र सुदूरपश्चिम प्रदेशमा १ सय ५ जना सवारी दुर्घटनाबाट गम्भिर घाइते भएको प्रहरीले जनाएको छ।

लकडाउन अवधिमा भएको सवारी दुर्घटनाबाट ६७ चौपाया मरेको र १७ चौपाया घाइते भएको प्रहरीले जनाएको छ। सबैभन्दा बढी प्रदेश ५मा ३९ चौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उपत्यकामा ८, प्रदेश १ मा १, प्रदेश २ मा ९ गण्डकी प्रदेशमा ४, कर्णाली प्रदेशमा ३ र सुदुरपश्चिम प्रदेशमा ३ चौपायाको दुर्घटनाका कारण मृत्यु भएको छ।

जम्मा ५ हजार ७ सय ४८ वटा सवारी दुर्घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ। सबैभन्दा बढी २ हजार ८ सय ९० दुर्घटना भएको प्रहरीले जनाएको छ। यस्तै, जिप तथा कारहरु गरी १ हजार ४ सय ४७ वटा दुर्घटना भएका छन्।

प्रहरीले दिएको जानकारी अनुसार सबैभन्दा बढी काठमाडौं उपत्यकामा २ हजार ९ सय ६४ सवारी साधन दुर्घटना भएका छन् भने सबै भन्दा कम कर्णाली प्रदेशमा ९ सवारी साधन दुर्घटना भएका छन्।

यस्तै प्रदेश १ मा ४ सय ७७, प्रदेश २ मा १ हजार १ सय २३, बाग्मती प्रदेशमा ३ सय ३, गण्डकी प्रदेशमा १ सय ३१, प्रदेश ५ मा ५ सय ७ र सुदूरपश्चिम प्रदेशमा १ सय २७ वटा सवारी साधन दुर्घटना भएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *