चेल्सीका मिडफिल्डर विलियन आर्सनलमा आवद्व

डिसी नेपाल
३० साउन २०७७ १८:३५

काठमाडौं । विलियन साताको अन्त्यमा चेल्सीलाई आधिकारीक रुपमा बिदाई गर्दे आर्सनलमा आवद्व भएका छन । चेल्सीसंगको सम्भौता सकिएपछि उनी आर्सनलमा आवद्व भएका हुन । ३२ बर्षीय विलियनलाई आर्सनलले ३ बर्षको सम्भौतामा टिममा भित्राएको छ ।

चेल्सीले लामो समयसम्म सम्झौता गर्न नमानेपछि विलियमले सिजनको अन्त्यसंगै चेल्सी छाडेका थिए । सिजनको अन्त्यमा चेल्सीका केहि खेलहरुमा उनी चोटको कारण मैदान बाहिर रहेका थिए । मंगलवार मात्रै उनी अब खेल्नका लागि फिट रहेको चिकित्सकहरुले बताएका छन ।

सन् २०१३ देखि २० सम्म चेल्सीका लागि ३ सय ३९ खेल खेलेका विलियनले चेल्सीका लागि ६३ गोल र ५६ अस्सिट गरेका थिए । चेल्सीका लागि विलियन दुई प्रिमियर लिग र एफए कप र युरोपा लिग जितेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.