धोनीको करिअर जसरी सुरु भयो उसैगरी अन्त्य, जुन कुराका विशेषज्ञ थिए त्यसैको शिकार भए
काठमाडौं। विश्व क्रिकेटमा सबैभन्दा सफल कप्तानहरुमध्येका एक भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । २३ डिसेम्बर २००४ मा बंगलादेशविरुद्ध एकदिवसीय क्रिकेट खेल्दै धोनीले अन्तर्राष्ट्रिय करिअर सुरु गरेका थिए । उनले अन्तिम खेल २०१९ मा एकदिवसीय विश्वकपमा न्यूजिल्याण्डविरुद्ध सेमिफाइनल खेले । धोनीको १५ वर्ष लामो करिअरमा उनले कप्तानको रुपमा आइसीसीका सबै ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जिते ।
धोनीको करिअरमा उनको डेब्यू खेल र अन्तिम खेलमा अद्भूत संयोग परेको छ । धोनी पहिलो खेलमा शून्यमै आउट भएका थिए । बंगलादेशविरुद्ध उसकै घरेलु मैदान चट्टोग्राममा खेलेका धोनीलाई पहिलो बलमै बंगलादेशका बलर मोहम्मद रफिकको बलमा तपेश वैश्य र विकेटकिपर खालिद मसूदको हातबाट रनआउट भएका थिए । रोचक रुपमा धोनी आफ्नो करिअरको अन्तिम अन्तर्राष्ट्रिय खेलमा पनि रनआउट नै भए ।
गतवर्ष जुलाइ ९ मा म्यान्चेस्टरमा न्यूजिल्याण्डविरुद्ध विश्वकपको सेमिफाइनलमा धोनी लोकी फर्ग्युसनको बलमा मार्टिन गप्टिलको हातबाट रनआउट भए । यो खेल नै उनको करिअरको अन्तिम खेल बन्न पुग्यो । विकेटकिपर ब्याट्सम्यान धोनी रनआउन गराउन निकै खप्पिस थिए । धोनीलाई रनआउट, स्टम्पिङ र डिआरएसका विशेषज्ञ नै मानिन्थ्यो । तर, रोचक रुपमा धोनी आफ्नो पहिलो र अन्तिम खेलमा त्यसैको शिकार भए जसका उनी विशेषज्ञ थिए ।







डिसी नेपाल








Facebook Comment