ईङल्यान्ड पाकिस्तान टेस्ट : बर्षाको कारण तेस्रो दिनको खेल रोकियो

डिसी नेपाल
३२ साउन २०७७ १५:१४

काठमाडौं । ईङल्यान्ड र पाकिस्तान बिच जारी तिन टेस्ट सिरीजको दोस्रो खेल साउथेम्प्टनको रोज बाउल स्टेडियममा भईरहेको छ। जारी तेस्रो दिनको खेल वर्षाको कारण सम्भव हुन सकेन। पाकिस्तानले पहिलो इनिंगमा ९ विकेट गुमाएर २२३ रन बनाएको छ। क्रिजमा मोहम्मद रिजवान (६०) र नासिम शाह १ रनमा अविजित रहेका छन्। रिजवान आफ्नो टेस्ट करियरकै दोस्रो अर्धशतक बनाउदै क्रिजमा रहेका छन ।

बर्षाको कारण पहिलो दिनको खेल ४५ं.४ तथा दोस्रो दिनको खेल ४०ं.२ ओभर मात्र हुन सक्यो । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि अबिद अलिले ६० र बाबर आजामले ४७ रनको पारी खेलेका छन । ईङल्यान्डका तिव्र गतिका बलर स्टुर्अट ब्राड र जेम्स एन्डरसनले समान ३–३ विकेट लिएका छन ।

अर्धसतक भन्दा मात्र ३ रनले पछाडि रहेका पाकिस्तान दिग्गज खेलाडी बाबरलाई ब्राडले जोस बटलरको हातबाट क्याच आउट गराए । आफ्नो करियरकै पहिलो अर्धसतक प्रहार गरेका अबिदलाई स्याम करनले रोरी बर्न्सको हातबाट क्याच आउट गराए । पाकिस्तानले पहिलो विकेटको रुपमा शान मसूदलाई १ रनको ब्यक्तिगत स्कोरमा गुमायो । मसूद जेम्स एनडरसनको बलमा एलबिडब्लु धरापमा परेका थिए । एन्डरसनलेनै कप्तान अजहर अलीलाई २० रनको ब्यक्तिगत स्कोरमा रोरी बर्न्सको हातबाट क्याच आउट गराए ।

पहिलो खेल ३ विकेटले गुमाएको पाकिस्तानले दोस्रो खेलमा एक खेलाडी परिर्वतन गरेको छ । टिममा शादाब खानको ठाँउमा ११ बर्षदेखी टेस्ट खेलीरहेका फवाद आलम मौका दिएपनि उनी खाता नखोलि आउट भए । क्रिस वोक्सले फवादलाई एलबिडब्लुको शिकार बनाए । ईङल्यान्ड टिममा पनि दुई खेलाडी परिर्वतन गरिएको छ । टिममा बेन स्टोक्स र जोफ्रा आर्चरको ठाँउमा ज्याक क्राउली और स्याम करनलाई स्थान दिईएको छ । स्टोक्स पारिवारीक कारण सिरीजबाट बाहिरीएका छन ।

पहिलो खेल हार्दा हार्दे जितको ईङल्यान्डलाई सिरीज जित्ने मौका रहेको छ । ईङलिश टोलीले दोस्रो खेल जितेमा उसले १० बर्षपछि पाकिस्तान बिरुद्व कुनैपनि टेस्ट सिरीज जित्नेछ । ईङल्यान्ड सिरीजमा १–० ले अगाडी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.