कोरोना महामारीः साउनमामात्र ६५ जनाको मृत्यु

डिसी नेपाल
३२ साउन २०७७ १७:२३

काठमाडौं। कोरोना महामारीका कारण आइतबारसम्म नेपालमा १०४ जनाको मृत्यु भएको छ। यी मध्ये ६५ जनाको मृत्यु यो साउन महिनामामात्र भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार साउन १ गते नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ थियो। आइतबार साउन ३२ गते यो संख्या १०४ पुगेको छ।

नेपालमा कोरोनाका कारण पहिलो मृत्यु जेठ ४ गते भएको थियो। त्यस यताका तीन महिनामा मृतकको संख्या १ सय नाघेको छ।

नेपालमा पहिलो कोरोना केस गएको माघमा देखिएको थियो। चीनको वुहानबाट शुरु भएको यो महामारी नेपालमा पहिलो पटक देखिँदा विश्वभर फैलिसकेको भने थिएन। चीनको वुहानमा पनि लकडाउन लगाइएको थिएन।

नेपालमा दोस्रो केस चैतको ४ गते फेला पर्यो। यतिबेलासम्म भने कोरोनाको महामारी विश्वभर फैलिसकेको थियो। विश्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरिसकेको थियो। विभिन्न देशहरुमा लकडाउन लगाइएको थियो।

छिमेकी मुलुक भारतमा लकडाउन शुरु भएपछि नेपाल सरकारले पनि कोरोनाको दोस्रो केस भेटिएको एक हप्तमा चैत ११ गते देश व्यापी लकडाउन गर्यो।

चैतमा लगाइएको लकडाउन असाढ १ गतेबाट लकडाउन खुकुलयो पारियो भने साउन ६ गते लकडाउन अन्त्य भएको घोषणा गरियो। तर, लकडाउन अन्त्य भएको घोषणा गरिए पनि त्यसपछि भने मृत्यु दर र संक्रमित पनि थपिन थालेपछि हाल सरकारले फेरि कडाई गरेको छ। लकडाउन अन्त्य भएको घोषण भएको दिन साउन ६ गते नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० थियो। गएको बुधबार सबैभन्दा धेरै एकै दिन १० जनाको मृत्यु भयो।

कोरोनाबाट सबैभन्दा धेरै प्रभावित हुने प्रदेश २ नम्बर हो। २ नम्बर प्रदेशमा आइतबारसम्म ४७ जनाको मृत्यु भइसकेको छ। यस्तै प्रदेश नम्बर बागमती प्रदेशमा १७, प्रदेश नम्बर ५ मा १३, प्रदेश नम्बर १ मा ९, सुदूरपश्चिममा ८, गण्डकीमा ६ र कर्णाली प्रदेशमा ४ जनाको मृत्यु भएको छ।

देशभर आइतबारसम्म कोरोना संक्रमित हुनेको संख्या २६ हजार ६६० पुगेको छ। हालसम्म १७ हजार ३ सय ३५ जना डिस्चार्ज भएका छन् भने पछिल्लो २४ घण्टामा १३४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रीय संक्रमितको संख्या ८ हजार ७२४ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *