सेरेना विलियम्स ६ महिनापछि कोर्टमा फर्कदै

डिसी नेपाल
१ भदौ २०७७ ०:१७

काठमाडौं । तेईस पटकको युएस ग्रान्ड स्ल्याम च्याम्पियन सेरेना विलियम्स अहिले पूर्ण रुपमा फिट भएकी छिन र उनी ६ महिनाको ब्रेक पछि टेनिस खेल्न तयार भएकी छिन । उनी पहिलो ‘टप सीड ओपनु को लागी तयारी गर्दैछिन जुन सोमबार देखी लेक्सिंगटन नजिकै शुरू हुँदैछ। यो प्रतियोगितालाई हालसालै हार्ड कोर्ट प्रतियोगितामा सामेल गरिएको छ जुन यहि महिना न्यूयोर्कमा आयोजना हुने युएस ओपनको तयारीको लागि हुने छ। मार्च पछि, अमेरिकामा पहिलो डब्ल्यूटीए प्रतियोगिता हुनेछ जाहा दर्शकहरू जान पाउने छैनन। सेरेनाकी बहिनी र सात पटकको ग्रान्ड स्ल्याम च्याम्पियन भेनस विलियम्स, भिक्टोरिया आजारेन्का, स्लोएन स्टीफनस र उदाउँदो स्टार कोको गुगले यो प्रतियोगितमा भाग लिनेछन।

वरियतामा नवौ स्थानमा रहेकी सेरेनाले गत फेब्रुअरीमा फेड कपमा अमेरिका को लागि खेलेकी थिईन, त्यसपछि उनको यो पहिलो प्रतियोगिता हुनेछ। सेरेना रगतको थक्का र फोक्सोको समस्याबाट पिडित छिन् जसकारण उनले कोविड १९ बाट एकदमै सचेत रहनु पर्ने देखिन्छ । ३८ वर्षीय सेरेनाले भनिन, “मैले धेरै जोगिएर बस्नुपर्नेछ, किनकि टेनिस खेल्नु ठीक हो किनभने यो मेरो जीवन हो र यो मेरो स्वास्थ्य पनि हो।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *