क्यारेबियन लिगमा जमैका टिमको जर्सीमा देखिए सन्दीप

डिसी नेपाल
१ भदौ २०७७ २३:२२
8
Shares

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा जमैका तल्लावाहजबाट खेल्ने नेपाली स्पीनर सन्दीप लामिछानेको टिमको जर्सीसँगको तस्वीर सोमबार सार्वजनिक गरिएको छ। सीपीएलले सोमबार अबेर आफ्नो ट्वीटरबाट सन्दीपहित सो टिमका अन्य तीजना खेलाडीको तस्वीर सार्वजनिक गरेको हो।

सीपीएल खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ । सिपिएलका लागि टोबागो पुगेका सन्दीपको पिसिआर गरिएको थियो। प्रतियोगिता खेल्ने सबैको कोरोना परीक्षण अनिवार्य गराउनुपर्ने नियम भएकाले सन्दिपको पनि परीक्षण गरिएको हो।

सीपीएल मंगलबार शुरु हुँदै छ। सन्दीपको पहिलो खेल भने बुधबार हुनेछ।

सन्दीपलाई यसपटक सीपीएलका लागि ९० हजार अमेरिकी डलरमा जमैका तल्लावाहजले अनुबन्ध गरेको । उनले तेस्रोपटक सीपीएल खेल्दै छन्। यसअघि उनले सन् २०१८ र सन् २०१९ मा सीपीएल खेलेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *