दुई दक्षिण अफ्रिकी क्रिकेटरहरू कोरोना पोजेटिभ

डिसी नेपाल
४ भदौ २०७७ २१:५९

काठमाडौं । दक्षिण अफ्रिकी पुरुष क्रिकेट टिमका दुई खेलाडी कोरोना भाइरस जाँचको क्रममा पोजेटिभ पाईएका छन । यी खेलाडीहरूले विशेष रुपमा आयोजना गरिएको कल्चर क्याम्पमा भाग लिन सक्षम हुनेछैनन्। क्रिकेट दक्षिण अफ्रीकाले संक्रमित खेलाडीहरूको नाम भने खुलाएको छैन ।

ईएसपीएन क्रिकइन्फोको एक रिपोर्ट अनुसार सीएसएले कुकुजामा १८ देखि २२ अगस्टसम्म हुने टिमको शिविर भन्दा पहिले करिब ५० खेलाडीहरू तथा सहयोगी कर्मचारीहरूको कोरोना परीक्षण गराएको थियो । त्यसमध्ये ३२ खेलाडीहरूले भाग लिएका थिए।

बोर्डले बिहीबार एक विज्ञप्ति जारी गर्दे कोरोना परिक्षणको क्रममा दुई खेलाडीहरुमा पोजेटिभ पाइएको र उनीहरुको विकल्पको रुपमा अन्य खेलाडी घोषणा नगरिएको बताएको छ । साथै शिविरमा भाग लिन असमर्थ खेलाडीहरुले अनलाइन मार्फत शिविरमा समावेश हुन सक्ने बताइएको छ ।

संक्रमित दुबै खेलाडीहरूलाई आईसोलेसनमा पठाइएको छ। सीएसएले जुलाईमा महिला क्रिकेट टोली प्रशिक्षण शिविर पनि आयोजना गरेको थियो जसमा तिन सदस्य र सहयोगी कर्मचारीहरुमा कोविड १९ संक्रमण पाईएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.