यूरोपा लिगको फाइनल आज, उपाधि दौडमा सेविला र इन्टरमिलान

डिसी नेपाल
५ भदौ २०७७ १७:२२
8
Shares

काठमाडौं । यूरोपा लिगमा मास्टर भनेर चिनिने स्पेनको फुटबल क्लब सेविला छैठौं पटक लिगको फाइनलमा पुगेको छ । फाईनलमा सेविलाको प्रतिस्पर्धा तिन पटकको च्याम्पियन ईटलीको क्लब ईन्टरमिलान संग हुदैछ । सेविलाले अहिले सम्म सर्वाधिक ५ पटक यूरोपा लिगको उपाधि हात पारिसकेको छ । सेविलाले अहिले सम्म फाईनलमा कुनैपनि खेल हारेको छैन । तर यसपटक इन्टरमिलानले पनि आफुलाई अब्बल साबित गर्दे फाईनलमा प्रवेश गरेको छ । यसपटकको फाईनलमा इन्टरमिलानले ठुलै उथलपुथल गर्ने प्रवल सम्भावान रहेको छ ।

फाईनल खेल जर्मनीको कोलोना शहरमा नेपाली समय अनुसार शुक्रवार राती १२.४५ मा हुनेछ । पछिल्लो पटक ईङल्यान्डको टिम चेल्सीले आर्सनललाई ४–१ पराजित गर्दे च्याम्पियन भएको थियो ।

सेविलाले पछिल्लो यूरोपा लिगको उपाधि २०१६ मा लिवरपुललाई ३–१ पराजित गर्दे हात पारेको थियो । स्पेनिश टोलीले २०१४ र २०१५ पछि लगातार तेस्रो पटक उपाधि जितेको थियो । यस पटकको स्पेनिश ला लिगामा सेविला ७० अंकका साथ चौंथो स्थानमा रहेको थियो ।
इन्टरमिलानको कुरा गर्दा टिमले अहिले सम्म ३ पटक १९९१, १९९४ र १९९८ मा यूरोपा लिगको उपाधि जितेको छ । टिमसंग रोमेलु लुकाकु र लौतारो मार्टिनेज जस्ता शानदार फरवार्डहरु रहेका छन । यी खेलाडीहरुको प्रदर्शनमा टिमले चौंथो पटक उपाधि माथि कब्जा जमाउने कोशिस गर्नेछ । साथै सेविला फरवार्ड मुनिर संगै मिडफिल्डर जीसस नवास र ईवर बानेगा जस्ता खेलाडीका कारण टिम बलियो रहेको छ । यूरोपा लिगका फाईनल बिजेताले ८५ लाख युरो तथा उपबिजेताले ४५ लाख युरो पाउनेछन ।

यसपटक प्रतियोगितामा १९६ खेलहरु खेलिएका छन भने, खेलको दौरान प्रतिखेल २.७७ का औसतले गोलहरु भएका छन । पुरै खेलमा सर्वाधिक ९७ गोल खेलको ६१ देखी ७५ मिनेटको बिचमा भएको छ । टिमको कुरा गर्दा म्यान्चेस्टर युनाईटेडले प्रतियोगितामा सर्वाधिक २५ गोल गरेको छ । सेमिफाईलमा पराजित भएर बाहिरीएको युनाईटेडले सेविलालाई पनि पराजित गरेको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.