फेरि नीलो जर्सीमा मैदानमा देखिनेछन् धोनी !

डिसी नेपाल
६ भदौ २०७७ ११:४६

काठमाडौं। भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अचानक अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । उनको यो घोषणापछि क्रिकेट जगतमा उनको विदाइ मैदानबाटै हुनुपर्ने र उनले अन्तिम खेल खेलेर मैदानबाटै सन्यास लिनुपर्ने माग उठिरहेको छ । यससँगै भारतीय क्रिकेट बोर्डले धोनीलाई पुनः एकपटक भारतको राष्ट्रिय टिमको नीलो जर्सीमा अन्तर्राष्ट्रिय म्याचमा मैदानमा उतार्ने तयारी थालेको छ ।

बीसीसीआइ स्रोतले दैनिक जागरणलाई बताएअनुसार धोनीलाई एकपटक पुनः नीलो जर्सीमा मैदानमा उतारिनेछ र यो धोनीको फेयरवेल म्याच हुनेछ । यो खेलपछि धोनीलाई ससम्मान विदाइ गरिने बीसीसीआइले जनाएको छ । बीसीसीआइका एक अधिकारीले जागरणसँग भने ‘अहिले त कुनै पनि अन्तर्राष्ट्रिय सिरिज हुने वाला छैन । आइपिएलपछि के गर्न सकिन्छ भन्ने विषयमा हामीले तयारी गरिरहेका छौं । धोनीले देशको लागि धेरै गरेका छन् र उनी सबै सम्मान पाउने हकदार हुन् । हामी सधैं चाहन्थ्यौं कि धोनीको लागि एउटा विदाइ म्याच होस् तर धोनी एकदमै फरक खेलाडी हुन् । उनले अचानक सन्यासको घोषणा गरिदिए जतिबेला कसैले पनि यसबारे सोचेको थिएन ।’

धोनीसँग यसबारेमा कुरा भइनसकेको बताउँदै ती अधिकारीले आइपिएलको क्रममा धोनीसँग यसबारे कुरा हुने बताए । सिरिज वा म्याच गराउनेबारे धोनीको विचार जान्नको लागि आइपिएल सबैभन्दा उचित हुने उनले बताए । ती अधिकारीले अगाडि भने ‘उनको लागि पूरा भव्य सम्मान समारोह आयोजना हुनेछ । उनी राजी हुन्छन् वा हुँदैनन् भन्ने कुराले कुनै फरक पर्दैन । उनको सम्मान गर्नु हाम्रो लागि गर्जको कुरा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.