प्रदेश २ का क्रिकेट खेलाडीहरुको कोरोना बिमा

डिसी नेपाल
६ भदौ २०७७ १९:२५

राजबिराज । प्रदेश क्रिकेट संघ प्रदेश नं. २ ले आफना प्रदेशका सम्पुर्ण नियमित क्रिकेट खेलाडिहरुको सुरक्षालाई ध्यानमा राखि कोरोना बिमा गरेको छ ।

गत साता भएको प्रदेश क्रिकेट संघको निर्णय अनुसार प्रदेश अन्तर्गत रहेका २० महिला तथा १९ पुरुष खेलाडिको साथै १२ प्रदेश क्रिकेट संघका प्रतिनिधीहरुको समेत गरी १ लाख वरावरको कोरोना बिमा शुक्रवार गरिएको छ । साथै जिल्ला संघहरुले खेलाडी तथा अफिसियलहरुको बिमा गरेपछि बाकि रहेका प्राबिधिकहरुको बिमा पनि प्रदेश क्रिकेट संघले गर्ने प्रदेश क्रिकेट संघ प्रदेश नं. २ सचिव आयुश श्रेष्ठले बताए ।

यसै बिच सप्तरी क्रिकेट संघले समेत आफना सम्पुर्ण खेलाडी तथा अफिसियल गरि २७ जनाको बिमा गरेको संघका सचिव चन्दन यादवले बताएका छन । जिल्ला क्रिकेट संघ महोतरीले पनि आफना १२ खेलाडिहरुको बिमा गरिसकेको र अन्य जिल्लाहरु बिमा गर्ने प्रकृयामा रहेको श्रेष्ठले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.