आईपीएल १४ औं सिजन २०२१ को अप्रिलमा हुने

डिसी नेपाल
६ भदौ २०७७ २२:१४

काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले घरेलु क्रिकेट संगै टिम ईन्डियाको फ्युचर टुर प्रोग्रामको तैयारी सुरु गरेको छ । भारतले आगामी बर्षको फेब्रुवरीमा ईङल्यान्ड भ्रमण पछि अप्रिल महिनामा आईपीएलको आयोजना गर्ने जनाएको छ । आईपीएल १४ औं सिजनका लागि अप्रिल महिना तय भएपनि मिती तय नभएको बिसीसीआईले जनाएको छ । बिसीसीआईका अध्यक्ष सौरभ गांगुलीले स्टेट क्रिकेट एसोसियनका अध्यक्ष र सचिवहरुलाई पत्र पठाएर यो कुराको जानकारी दिएका छन ।

गांगुलीले पठाएको पत्रमा आगामी डिसेम्बरमा भारतले अष्टे्रलिया भ्रमण गर्ने र त्यसपछि २०२१ फेब्रुवरीमा ईङल्यान्ड भ्रमण गर्ने रहेको छ । ईङल्यान्ड भ्रमण पछि भारतले अप्रिलमा १४ औं आईपीएल आयोजना गर्ने कार्यक्रम रहेको छ । भारतीय टोली २०२१ मा ब्यस्त रहने भएको छ, किनभने २०२१ अक्टुवर–नोभेम्बरमा भारतले टि–२० विश्वकप आयोजना गर्दैछ तथा कोरोनाको कारण भएको क्षतिलाई पुर्तिगर्न भारतले बिभिन्न देशहरु संग सिरीज खेल्ने योजनामा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.