ईङल्यान्ड पाकिस्तान टेस्ट : पाकिस्तान पहिलो पारीमा २७३ रनमा अलआउट

डिसी नेपाल
८ भदौ २०७७ ०:३२

काठमाडौं । ईङल्यान्ड र पाकिस्तान बिच तिन टेस्ट सिरीज अन्तर्गतको अन्तिम खेल साउथेम्प्टनको रोज बाउल स्टेडियममा भईरहेको छ । तेस्रो दिनको खेल समाप्ति संगै पाकिस्तान २७३ रनमा अलआउट भएको छ । यसअघि ईङल्यान्डले ५८३ रनमा ८ विकेट गुमाएर पारीको घोषणा गरेको थियो । पहिलो पारीमा पाकिस्तान २७३ रनमा अलआउट भएपछि खेलमा ईङल्यान्डले ३१० रनको अग्रता लिएको छ ।

पाकिस्तानका लागि कप्तान अजहर अलीले अविजित १४१ रनको पारी खेले । यो उनको करियरकै १७ औं टेस्ट सतक हो । साथै अजहर पाकिस्तानका लागि ६ हजार रन पुरा गर्ने पाचौं खेलाडी पनि बनेका छन । अली बाहेक मोहम्मद रिजवानले ५३ रनको अर्धसतकिय पारी खेले । खेलमा ईङल्यान्डका जेम्स एन्डरसनले २९ औ पटक एकै टेस्टमा ५ विकेट लिएका छन ।

तेस्रो दिन ३ विकेट गुमाएर २४ रनको स्कोरमा पाकिस्तानले खेल सुरुवात गरेको थियो । एन्डरसनले तेस्रो दिनको दोस्रो ओभरमै चौंथो विकेटको रुपमा पाकिस्तानका असद शफीकलाई विकेट पछाडी क्याच आउट गराए । त्यसपछि फवाद आलमलाई स्पिनर बेसले विकेट पछाडी क्याच आउट गराए ।

पाकिस्तानका लागि अजहर अली अविजित (१४१), मोहम्मद रिजवान (५३), याशिर शाह (२०), फावाद आलम (२१) र बाबर आजम (११) बाहेक अन्य खेलाडीहरुले दोहरो अंक छुन सकेनन । ईङल्यान्डका लागि जेम्स एनडरसनले ५, स्टअर्ट ब्रोड २, क्रिस वोक्स र डोम बेसले समान १–१ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.