क्रिकेट खेलाडीहरुले तलब यसै हप्ता पाउन सक्ने सम्भावना

डिसी नेपाल
८ भदौ २०७७ ११:५०

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पुरुष खेलाडीले रोकिएको तलब यसै हप्ता पाउन सक्ने सम्भावना बढेको छ । सन् २०१९ को सुरुवात देखि राष्ट्रिय खेलाडीले तलब पाएका छैनन् । नेपाल क्रिकेट संघ (क्यान) अघिल्लो हप्ता अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई रोकिएको तलब पठाइदिन आग्रह गर्दै सबै खेलाडीको हस्ताक्षर पठाएको थियो ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलका अनुसार २०१९ देखिको तलब आइसिसीले दिन बाँकी रहेकोले आइसिसीले खेलाडीको हस्ताक्षर गरेर पठाउ भनेपछि हामीले अघिल्लो हप्ता पठाएकाले यो हप्ता सम्ममा तलब निकासा हुने बताए ।

यस अघि ‘ए’ ग्रेडमा रहेका खेलाडीले ३५, ‘बी’ ले २५ र ‘सी’ ले १५ हजार पाएका थिए । नेपाल क्रिकेट संघ (क्यान) आइसिसीबाट पूर्णरुपमा प्रतिबन्धबाट फुकुवा भने भई सकेको छैन ।

२०७३ बैशाख १३ मा आइसिसीले क्यानमाथि राजनीतिक हस्तक्षेप, दुई समान्तर समिति, निष्पक्ष चुनाव हुन नसकेको लगायत कारण देखाउँदै लगाएको प्रतिबन्ध गत वर्ष असोज ११ मा नयाँ समिति आएसँगै सशर्त रुपमा असोज २७ मा फुकुवा गरेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *