महेन्द्र सिंह धोनी र रोहित शर्माका फ्यानहरुबीच कुटाकुट

डिसी नेपाल
८ भदौ २०७७ १२:३८

मुम्बइ। भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनी र सीमित ओभरका उपकप्तान रोहित शर्माका फ्यानहरुबीच कुटाकुट भएको छ । महाराष्ट्रको कोल्हापुरमा दुवै क्रिकेटरका फ्यानहरु आ–आफ्ना आदर्श खेलाडीको पोस्टर लिएर सडकमा उत्रिएका थिए । महेन्द्र सिंह धोनीले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका कारण उनका फ्यानहरु उनको सम्मानमा पोस्टर लिएर सडकमा उत्रिएका थिए ।

उता रोहित शर्मा पनि हालै राजीव गान्धी खेल रत्न पुरस्कारको लागि छानिएका थिए । यही कारण रोहितका फ्यानहरु उनको पोस्टरसहित खुसी मनाउन सडकमा उत्रिएका थिए । यही बीचमा केही अन्जान व्यक्तिहरुले रोहित शर्माको पोस्टर च्यातिदिए । पोस्टर च्यातिएपछि आक्रोशित रोहितका फ्यान धोनीका फ्यानमाथि जाइलागे र दुवै समूहबीच भिडन्त भयो । केही व्यक्तिहरुले एक फ्यानलाई खेतमा लगेर निर्घात कुटपिट गरेको रिपोर्टमा जनाइएको छ । स्मरणीय छ रोहित शर्माले धोनीकै कप्तानीमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.