आइपिएललाई अर्को झट्का, चिनियाँ मात्र होइन भारतीय कम्पनीले पनि साथ छोड्न थाले

डिसी नेपाल
८ भदौ २०७७ १५:१५

मुम्बइ। इण्डियन प्रिमियर लिग (आइपिएल)को शीर्ष प्रायोजकबाट चिनियाँ कम्पनी भिभो बाहिरिएपछि बीसीसीआइ र आइपिएल गभर्निङ काउन्सिलले नयाँ शीर्ष प्रायोजक खोजेका छन् । यद्यपि नयाँ प्रायोजक भिभोभन्दा आधा कम मूल्यमा आएको छ । शीर्ष प्रायोजकबाटै ठूलो घाटा व्यहोरेको आइपिएललाई फेरि अर्को झट्का लागेको छ । आइपिएलको प्रायोजकबाट फ्युचर ग्रुप पनि बाहिरिएको छ ।

एसोसिएट सेन्ट्रल स्पोन्सर रहेको फ्युचर ग्रुपले बाहिरिने निर्णय गरेसँगै अब आइपिएलको अगाडि नयाँ संकट उत्पन्न भएको छ । अन्तिम समयमा फ्युचर ग्रुप बाहिरिएपछि अब नयाँ प्रायोजक खोज्ने र नजिकै आइसकेको प्रतियोगिताको तयारी गर्ने दबाब बढेको छ । आइपिएल सुरु हुन अब १ महिना पनि बाँकी छैन । फ्युचर ग्रुप विगत ५ वर्षदेखि आइपिएलको एसोसिएट प्रायोजक थियो । मिडिया रिपोर्टका अनुसार फ्युचर ग्रुप अहिले कोभिड–१९ का कारण नराम्ररी प्रभावित भएका कारण ऊ प्रायोजकबाट बाहिरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.