संक्रमितलाई उपचार गर्न वर्गीकरण गरिएका अस्पताललाई कोभिड–१९ अस्पतालमा परिणत
काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमितको उपचार गर्न वर्गीकरण गरिएका सबै अस्पताललाई कोभिड–१९ अस्पतालमा परिणत गरेको छ । यसअघि कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न लेभल–१, लेभल–२ र ३ गरी अस्पतालको वर्गीकरण गरिकामा अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती सबै अस्पताललाई कोभिड–१९ का सङ्क्रमितको उपचार गर्ने गरी कोभिड अस्पताल बनाउने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लेभल–१, २ र ३ का अस्पताललाई कोभिड अस्पतालमा परिवर्तन गरिएको जानकारी दिए।
“तीन वटै लेभलका अस्पतालमा नियमित भइरहेका सेवामा कोभिड–१९ का सङ्क्रमित आए पनि उपचार गर्नुपर्ने निर्णय गरिएको छ”, उनले भने, “जिल्लास्थित अस्पताल, प्रादेशिक अस्पताल, शिक्षण अस्पताल, केन्द्रीय अस्पताल र निजी अस्पताल सबै यसअघि लेभल–१, लेभल–२ र लेभल–३ भनेर गरिएको निर्णयलाई खारेज गरी सबैलाई कोभिड–१९ अस्पतालमा परिवर्तन गरिएको छ ।” ती कोभिड अस्पतालले अब कोभिडको सङ्क्रमण भए पनि नभए पनि सबै सेवा दिनुपर्ने छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment