ईङल्यान्ड पाकिस्तान टेस्ट : बर्षाले प्रभावित चौंथो दिनको खेलमा पाकिस्तानले २ विकेट गुमाएर बनायो १०० रन
काठमाडौं । ईङल्यान्ड र पाकिस्तान बिच जारी तेस्रो तथा अन्तिम टेस्टको चौंथो दिनको खेल बर्षको कारण प्रभावित भएको छ । खेल रोकिदा सम्म पाकिस्तानले प्लोअन खेल्दै २ विकेट गुमाएर १०० रन बनाएको छ । बर्षाको कारण खेल प्रभावित भएपछि पुरैदिन केवल ५६ ओभरको खेल मात्र सम्भव भयो । पाकिस्तानी टोली अहिले पनि ईङल्यान्डको पहिलो पारीमा बनाएको स्कोर (५८३–८) भन्दा २१० रन पछाडी रहेको छ । पाकिस्तानले पहिलो पारीमा २७३ रन बनाएको छ ।
चौंथो दिनको खेल सकिदा सम्म पाकिस्तानका अजहर अली (२९) र बाबर आजम चार रन बनाएर क्रिजमा रहेका छन । यसअघि शान मसुदलाई स्टुअर्ट ब्रोडले २४ औं ओभरमा एलबिडब्लुको शिकार बनाउदै पाकिस्तानको दोस्रो पारीको पहिलो विकेट लिए । त्यसपछि टेस्ट क्रिकेटमा ६०० विकेट लिने तिव्र गतिका बलरको किर्तिमान बनाउने संघारमै रहेका जेम्स एन्डरसनले ब्यक्तिगत ४२ रन बनाएर खेलिरहेका आबिद अलीलाई पभेलियनको बाटो देखाए । यो संगे एन्डरसनको टेस्ट क्रिकेटमा ५९९ विकेट पुगेको छ ।
Jimmy Anderson ➡️ Inspiration
England coach Chris Silverwood had high praise for Anderson as he closes in on his 600th Test wicket.#ENGvPAK pic.twitter.com/xHITBL2srf
— ICC (@ICC) August 24, 2020
बिहानको खेल बर्षाले प्रभावित भएपछि खेलाडीहरुले पहिलेनै लन्च लिनुपर्यो । खेलको पहिलो सत्रमा पाचौं ओभरमा एन्डरसनले फालेको बल ब्याटसम्यान शानको ब्याटलाई छुदै विकेट किपर जोस बटलर नजिकै पुगेको थियो, तर विकेट किपर बटलर बललाई क्याच गर्न असमर्थ भए । यसअघि तेस्रो दिनपनि रोरी बन्र्स र ज्याक क्राउलीले उनको क्याच छोडेका थिए । पाकिस्तानको दुईटै पारीमा अहिले सम्म एन्डरसनको बलिङमा चार क्याच ड्रप भएको छ ।
हालसम्म टेस्ट क्रिकेटमा मुथैया मुरलीधरन (८००), शेन वार्न (७०८) र अनिल कुम्बलेको नाममा (६१९) विकेट रहेको छ । यी सबै स्पिन बलरहरु रहेका छन । खेलमा पाकिस्तान जितभन्दा बाहिर गैसकेको छ । अब पाकिस्तानले खेल ड्र हुने आशा मात्र राख्न सक्छ त्यो पनि मौसमले साथ दिएमा ।
Pakistan have lost the last ? Tests in which they have followed on ?
Can they break the streak tomorrow?#ENGvPAK pic.twitter.com/7Ndy3oaljW
— ICC (@ICC) August 24, 2020
ईङल्यान्ड सिरीजमा १–० ले अगाडि रहेको छ । जारी खेल ड्र मात्र भएको अवस्थामा ईङल्यान्डले सिरीज कब्जा गर्ने निश्चित छ । गत महिना वेस्टईन्डिज संग भएको सिरीज ईङल्यान्डले २–१ ले जितेको थियो ।
Play is delayed as rain begins to fall.
Pakistan have reached 41/0 from 18 overs.#ENGvPAK SCORECARD ▶️ https://t.co/ZFClksEjKM pic.twitter.com/Dxyo0rogrw
— ICC (@ICC) August 24, 2020







डिसी नेपाल








Facebook Comment