क्यानको साधारण सभा स्थगित
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको साधारण सभा अनिश्चित समयका लागि स्थगित भएको छ । क्यानले प्रेस विज्ञप्ती जारी गर्दै भदौको दोस्रो साता हुने भनिएको साधारण सभा स्थगित भएको जानकारी गराएको छ ।
कोरोनाको महामारीका कारण अहिले नेपाली खेलकुद अस्तब्यस्त बनेको छ ।
क्यानको नयाँ कार्यसमिति आएपछि पहिलो पटक बिधान अनुसार बार्षिक साधारण सभा भैरहवामा गर्ने निर्णय गरेको थियो । तर कोरोनाका कारण त्यो योजना सार्नु परेको छ । क्यानले अब साधारण सभा कहिले हुन्छ त्यो अर्को सुचनाबाट जानकारी दिने बताएको छ । क्यानले यस अघि भदौ १५ भित्र साधारणसभा गर्ने जनाएको थियो । गत साउन ५ गते बसेको क्यानको कार्यसम्पादन कमिटिको बैठकले मध्ये भदौ भित्र साधारणसभा सक्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment