ईङल्यान्ड द्वारा पाकिस्तान दश बर्षपछि टेस्ट सिरीजमा पराजित
काठमाडौं । ईङल्यान्डले पाकिस्तानलाई दश बर्षपछि टेस्ट सिरीजमा पराजित गरेको छ । ईङल्यान्ड पाकिस्तान बिच साउथह्याम्पटनमा भएको सिरीजको अन्तिम खेल ड्र भएपछि ईङल्यान्डले सिरीज १–० ले कब्जा गरेको हो । साथै खेलमा ईङल्यान्डका जेम्स एन्डरसनले ७ विकेट लिदै आफ्नो टेस्ट करियरमा ६०० विकेट पुरा गरेका छन । उनले ६०० विकेट पुरा गर्ने क्रममा पाकिस्तानका अजहर अलीलाई शिकार बनाए । हालसम्म टेस्ट क्रिकेटमा मुथैया मुरलीधरन (८००), शेन वार्न (७०८) र अनिल कुम्बलेको नाममा (६१९) विकेट रहेको छ । यी सबै स्पिन बलरहरु रहेका छन । तिव्र गतिको बलरका रुपमा एन्डरसनले मात्र ६०० विकेट लिएका हुन ।
Test wicket 6️⃣0️⃣0️⃣ for @jimmy9! pic.twitter.com/3stc51NGuN
— ESPNcricinfo (@ESPNcricinfo) August 25, 2020
कोरोनाकालमा ईङल्यान्डले जितेको यो दोस्रो सिरीज हो । यसअघि घरेलु मैदानमै भएको वेस्टईन्डिज बिरुद्वको टेस्ट सिरीज ईङल्यान्डले २–१ जितेको थियो । सिरीजमा पहिलो खेल ईङल्यान्डले ३ विकेटले जित्दा दोस्रो खेल बर्षाले प्रभावित भएको थियो । तेस्रो खेल जितेर प्रतियोगिमा १–१ को बराबरीमा गर्ने लक्ष्य लिएर मैदानमा आएको पाकिस्तानलाई मौसम र भाग्यले साथ दिएन ।
तेस्रो खेलमा टस जितेर ब्याटिङ गरेको ईङल्यान्डले पहिलो पारीमा ५८३ रन बनाउदै पारीको घोषणा गरेको थियो । ईङल्यान्डका लागि ज्याक क्राउलीले २६७ र जोस बटलरले १५२ रन बनाएका थिए । पहिलो पारीमा पाकिस्तानका शाहिन अफ्रिदी र याशिर शाहले समान २–२ विकेट लिएका थिए ।
पहिलो पारीमा पाकिस्तानको ब्याटिङ खासै नचल्दा उसले २७३ रन मात्र बनाउन सक्यो । पाकिस्तानका अजहर अली (१४१) र विकेट किपर मोहम्मद रिजवानले ५३ रनको पारीको खेल्दै पाकिस्तानको स्कोर उकास्न खोजेपनि अन्य ब्याटसम्यानहरु चल्न सकेनन । यसकारण ईङलिश टोलीले खेलमा ३१० रनको अग्रता बनायो । पहिलो पारीमा ईङल्यान्डका तिव्र गतिका बलर जेम्स एन्डरसनले ५ तथा स्टुर्अट ब्राडले २ विकेट लिए ।
पहिलो पारीमा पाकिस्तान ब्याटिङ कमजोर देखेपछि ईङल्यान्डले पाकिस्तानलाई फ्लोअन खेलायो । फ्लोअन पाएर दोस्रो पारीमा ब्याटिङ गर्न आएको पाकिस्तानको ब्याटिङ लाईन पुनः चल्न सकेन । खेलको अन्तिम दिन पाकिस्तानले ४ विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । पाकिस्तानका बाबर आजम ६३ रन बनाउदै अविजित रहे । ईङल्यान्डका लागि एन्डरसनले २ र ब्राडले १ विकेट लिए ।
ईङल्यान्डले दश बर्षपछि पाकिस्तान बिरुद्वको टेस्ट सिरीज जितेको हो । यसअघि ईङल्यान्डले २०१० जुलाईमा घरेलु मैदानमै पाकिस्तानलाई ३–१ ले पराजित गरेर सिरीज जितेको थियो । त्यसपछि हालसम्म पाकिस्तान र ईङल्यान्ड बिच ४ टेस्ट सिरीजहरु भए । युएईमा भएको २०१२ र २०१५ को टेस्ट सिरीज पाकिस्तानले जितेको थियो भने २०१६ र २०१८ मा ईङल्यान्डमा भएको टेस्ट सिरीज ड्र भएको थियो ।
Our first series win against Pakistan in 10 years! ???#englandcricket #engvpak pic.twitter.com/xTkf4VDbdw
— England Cricket (@englandcricket) August 25, 2020







डिसी नेपाल








Facebook Comment