अफगानिस्तानका खेलाडीहरुले सीपीएल खेल्न नपाउने

डिसी नेपाल
१० भदौ २०७७ १७:५१

काठमाडौं । अफगानिस्तानका करिब आधा दर्जन खेलाडीहरुले सीपीएलको प्लेअफ खेल्न नपाउने भएका छन । अफगानिस्तानका मोहम्मद नबी र रसिद खान जस्ता स्टार खेलाडी लगायत अन्य खेलाडीहरु प्लेअफ भन्दा पहिलेनै स्वदेश फर्कने भएका छन । अफगानि खेलाडीहरुले आफ्नै देशमा टि २० लिग खेल्नुपरेका कारण उनीहरु स्वदेश फर्कने भएका हुन ।

अफगानिस्तानमा शपगेजा क्रिकेट टि २० लिगको आयोजना हुदैछ । लिगमा ६ टिमको सहभागिता रहनेछ । टिममा मुजीबउर रहमान, मोहम्मद नबी र रसिद खान जस्ता खेलाडीहरुले सहभागिता जनाउदै छन । लिग सेप्टेम्बर ६ देखी १६ सम्म अफगानिस्तानमा आयोजना हुदैछ । तर सीपीएलको फाईनल खेल १० सेप्टेम्बरमा हुने तय भएको छ, जसकारण एकै खेलाडीले दुई प्रतियोगितामा खेल्न असम्भव रहेको छ ।

अफगानिस्तान क्रिकेट बोर्डका सिइओ नजीम जार अब्दुलरहीमजईले क्रिकइन्फो लाई दिएको जानकारी अनुसार खेलाडी फिर्तीको बारेमा वेस्टईन्डिज क्रिकेट बोर्डलाई पत्र पठाईसकेको र सेप्टेम्बर ५ भित्र सम्पूर्ण खेलाडीहरुलाई अफगानिस्तान फिर्ता पठाउन आग्रह गरेको बताए । उनले प्रतियोगिताको बारेमा वेस्टईन्डि क्रिकेट बोर्डलाई पहिलेनै जानकारी गराएर मात्र खेलाडीहरुलाई सीपीएल खेल्न पठाएको बताए । नजीम खेलाडीहरुको उडान तालिकाको प्रतिक्षामा रहेको बताए ।

अफगानी खेलाडीहरु घरेलु लिग सकाएर फेरी आईपीएल खेल्न जाने तालिका रहेको छ । आईपीएल टोलीमा अफगानिस्तानका रसिद खान, मोहम्मद नबी मुजीबउर रहमान रहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.