सन्दीपले खेल्ने दिल्ली क्यापिटल्समा युवाहरुको जमात, यस्तो छ टोली
काठमाडौं। यदि कुनै टोलीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा उनीहरूको खराब प्रदर्शनका कारण किङस इलेवन पंजाबलाई चुनौति दिइरहेको छ भने त्यो हो दिल्ली क्यापिटल्स । तर यो सिजनमा श्रेयस अय्यरको नेतृत्वमा चयन गरिएको दिल्लीको टोलीमा युवा अनुहारहरूको आगमनले गर्दा धेरै आशा जगाएको छ। टिमका लागि सबैभन्दा ठूलो चुनौति भनेको अघिल्लो बर्षको खराब खेलहरूको छवि हटाउनु हो।
अहिले सम्मको प्रदर्शन
आईपीएलको पहिलो दुई सत्रमा सेमिफाइनलमा पुग्नु बाहेक दिल्लीलाई कहिल्यै चुनौति दिने टिम मानिएन। यद्यपि फ्रेन्चाइजी परिवर्तन गरेपछि टोलीले गत सिजनमा तेस्रो नम्बरमा पुग्दै आशा जगाएको छ। जस कारण टिम यो सिजनमा सबैको नजरमा रहेको छ। प्रदर्शनको दृष्टिकोणबाट हेर्दा दिल्ली यो लिगमा हारको शतक बनाउने पहिलो टोली बन्ने ठाँउमा रहेको छ। दिल्लीले अहिलेसम्म १७७ खेलमा ७६ जितेको छ, तर ९७ मा पराजय ब्योहोरेको छ। दिल्लीले खेलेका २ खेल रद्द भएका छन् भने २ टाई खेलमा उसको अनुपात १–१ रहेको छ। दिल्ली टिमको जितको प्रतिशत ४४ रहेको छ।
अपेक्षा गरिएका ब्याट्सम्यानहरू
टिमका कप्तान श्रेयसले ६२ खेलमा १६८१ रन बनाएका छन्। श्रेयसले गत सिजन ४६३ रन बनाएर टिमको नेतृत्व गरेका थिए। यसकारण पनि टोलीको प्रदर्शन सुधारिएको छ। टोलीसँग ऋषभ पंत पनि छन्, जसले एक्लैले खेल परिर्वतन गर्न सक्दछ। पंतले ५४ खेलमा १६२.६९ को स्ट्राइक रेटमा १७३६ रन बनाएका छन्। टिममा अनुभवि खेलाडीहरु शिखर धवन र अजिङक्य रहाणे पनि रहेका छन्। धवनले १५९ खेलमा ४५७९ रन बनाएका छन् भने रहाणेले १४० खेलमा ३०२० रन बनाएका छन्। यस पटक टोलीले इङल्यान्डका सर्वश्रेष्ठ ब्याट्सम्यान जेसन रोयलाई टिममा भित्रयाएको भने २५ खेलमा ५९८ रन बनाएका युवा पृथ्वी शॉ पनि टिमको हिस्सा रहेका छन्। उनीहरूसँगै अलराउन्डर मार्कस स्टोइनिस पनि टोलीमा उपस्थित छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा तहल्का मच्चाउने वेस्टईन्डिजका शिमरोन हेटमेयर पनि टोलीमा छन्। जसले पछिल्लो सिजनमा ५ खेलमा मात्र ९० रन बनाएको पीडा भुलेका छैनन्।
कडा बलिङ लाईन
दिल्लीको ब्याटिङ जस्तै बलिङ लाईन पनि कडा देखिन्छ। तिव्र गतिको बलिङमा कागिसो रबाडा एक्लै सबैका लागि घातक साबित हुन सक्छन्। गत सिजनमा २५ विकेट लिएका रबाडाले १८ खेलमा ३१ विकेट लिएका छन्। उनलाई साथ दिन ८९ खेलमा ७२ विकेट लिएका इशान्त शर्मा, ८ खेलमा ५ विकेट लिएका अवेश खान, ४३ खेलमा ४३ विकेट लिएका हर्षल पटेल, ८५ खेलमा ९१ विकेट लिएका मोहित शर्मा पनि रहेका छन्। साथै इङल्यान्डका आलराउन्डर क्रिस वोक्स पनि रहेका छन्।
स्पिन डिपार्टमेन्टमा १३९ खेलमा १२५ विकेट लिएका रविचन्द्रन अश्विनको आगमनसँगै टिमको आत्मबल अझै बढेको छ। दुई पटकको ह्याट्रिकका साथ १४७ खेलमा १५७ विकेट लिएका लेग स्पिनर अमित मिश्रा पहिले नै टिममा रहेका छन्। यी दुईसँगै ९ खेलमा १३ विकेट लिएका नेपाली युवा स्पिनर सन्दीप लामिछानेको आश्चर्यजनक प्रर्दशनले गजबको संयोजन साबित हुनेछ। ८२ खेलमा ७१ विकेट लिएका अनुभवि बायाँहाते स्पिनर अक्षर पटेलको उपस्थितिले बलिङमा विविधता ल्याएको छ।
खेलाडीहरु खरिदमा धेरै खर्च
दिल्ली क्यापिटल्सको व्यवस्थापनले टोलीलाई सुदृढ पार्न १८.८५ करोड भारतीय रुपैयामा नयाँ खेलाडीहरु थपेको छ। कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्ससंग ७.७५ करोड भारतीय रुपैयाँमा हेटमेयरलाई किन्नका लागि लिलामिमा प्रतिस्पर्धा गरेको दिल्ली व्यवस्थापनले टोलीलाई सुदृढ पार्ने मनसाय देखाएको छ। टोलीले जेसन रोय र क्रिस वोक्सलाई समान १.५–१.५ करोड भारतीय रुपैयाँमा किनेर सस्तोमा राम्रो काम गरेको छ। यसै गरी मार्क्स स्टोइनिसलाई मोटो रकम ४.८० करोड भारतीय रूपैयाँ बराबरको भुक्तानी गरी एकै साथ ल्याइएको छ। एलेक्स क्यारी २.४० करोडमा र मोहित शर्मा मात्र ५० लाख भारतीय रुपैयाँमा खरिद गरिएका छन्। यस बाहेक तरुण देशपान्डे र ललित यादवलाई २० लाख भारतीय रुपैयाँमा खरिद गरेर भावी सोच देखाइएको छ। अश्विन र रहाणेलाई ‘ट्रेडेड इन’को सहयोगमा ल्याइएको छ।
दिल्लीको टिमः श्रेयस अय्यर (कप्तान), शिखर धवन, पृथ्वी शॉ, ऋषभ पन्त, इशान्त शर्मा, अक्षर पटेल, अमित मिश्रा, हर्षल पटेल, अवेश खान, कागिसो रबाडा, केमो पल, सन्दीप लामिछाने, रविचन्द्रन अश्विन, अजिङक्य रहाणे, जेसन रोय, क्रिस वोक्स , शिमरोन हेटमेयर, एलेक्स क्यारी, मार्कस स्टोइनिस, मोहित शर्मा, तरुण देशपान्डे र ललित यादव।







डिसी नेपाल








Facebook Comment