जेसन रोयले आईपीएल नखेल्ने

डिसी नेपाल
११ भदौ २०७७ २३:०३

काठमाडौं । आईपीएलका टोली दिल्ली क्यापिटल्स प्रमुख खेलाडी जेसन रोय आईपीएल नखेल्ने भएका छन । ईङल्यान्डका ओपनर ब्याटसम्यान रोयको ढाँडको मांसपेशिमा समस्या आएपछि उनले आईपीएल खेल्न अस्विकार गरेका छन । यो संगै उनले पाकिस्तान बिरुद्वको टि–२० सिरीजबाट पनि आफ्नो नाम फिर्ता लिएका छन । आईपीएल सुरुहुन करिब ३ हप्ता बाकि रहदा रोयले यस्तो निर्णय गरेका हुन । जेसन रोय आइपीएलबाट नाम फिर्ता लिने दोस्रो इंग्लिस खेलाडी बनेका छन । यसअघि क्रिस वोक्सले पनि आईपीएल नखेल्ने बताएका थिए । उनको स्थानमा एनरिच नोर्जीले खेल्ने भएका छन ।

रोयले आईपीएल नखेल्ने भएपछि दिल्लीले उनको ठाउमा अष्ट्रेलियन तिब्रगतिका बलर डेनियल साम्सलाई ल्याएको छ । अन्तराष्ट्रिय क्रिकेटमा डेब्युको पर्खाईमा रहेका साम्स गत सिजनको बिग बाश लिग (बीबीएल)मा सर्वाधिक विकेट लिने खेलाडी हुन । साम्सको आगमन पछि दिल्लीमा तिव्र गतिको बलिङमा विबिधता अवश्य हुनेछ । किनभने दिल्लीमा मुख्य तिव्र गतिका बलरहरु दायाँ हाते मात्र रहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *