चेन्नई सुपरकिंग्सका एक खेलाडी सहित १० जनामा कोरोना संक्रमण
Photo: CSK/Twitter
काठमाडौं । आइपिएलको टिम चेन्नई सुपरकिंग्सका दश जनालाई कोरोना भाइरसको संक्रमण भएको छ। संक्रमण हुनेमा एक जना खेलाडी रहेका छन् भने अन्य नौ जना खेलाडी, अफिसियल वा सपोर्ट स्टाफ को हुन् भन्ने खुलाइएको छैन।
बिहीबार गरिएको टेस्टमा दश जनामा कोरोना संक्रमण भएको हो। त्यहाँ पुगेको पहिलो, तेस्रो र पाँचौ दिनमा टेस्ट गर्ने नियम छ। यस्तै ६ दिन टिम होटलमा अनिवार्य क्वारेन्टिनमा बस्नु पर्नेछ।
अहिले चेन्नईका दश जनामा देखिएको कोरोना तेस्रो टेस्टमा गरिएको नतिजा हो। जुन त्यहाँ पुगेको पाँचौ दिनमा गरिएको थियो।
दश जनामा कोरोना देखिएसँगै चेन्नईको क्वारेन्टिन अवधि बढेको छ। यस्तै चेन्नईको अभ्यास सुरू गर्ने मिति पनि धकेलिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment