फ्रान्सका फुटबलर पोग्बा कोरोना सङ्क्रमित
काठमाडौं । म्यान्चेष्टर यूनाइटेडका मिडफिल्डर पौल पोग्बा कोरोनाभाइरस सङ्क्रमित भएका छन । फ्रान्सका व्यवस्थापक डिडियर डेसक्याम्पका अनुसार पोग्बा सङ्क्रमित भएर १४ दिनका लागि अलग्गिएका छन् । म्यान्चेष्टर यूनाइटेडले एक वक्तव्य जारी गरी पोग्बामा सङ्क्रमणको पुष्टि गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
Everyone at #MUFC wishes @PaulPogba a safe and speedy recovery after testing positive for COVID-19 ❤️ pic.twitter.com/j0PJIiSheH
— Manchester United (@ManUtd) August 27, 2020
१४ दिनसम्म आइसोलेसनमा बस्नुपर्ने भएपछि पोग्बा स्वीडेनमा शनिबार, पाँच सेप्टेम्बरका लागि निर्धारित राष्ट्रिय लिग खेलमा सहभागी नहुने सुनिश्चित भएको छ । त्यसको तीन दिनपछि फ्रान्सले क्रोएशियाविरुद्ध घरेलु मैदानको खेलमा समेत पोग्बा उपलब्ध हुने छैनन ।
पोग्बाको स्थानमा फ्रान्सले १७ वर्षीय मिडफिल्डर एडुआर्डो कामाभिन्जालाई स्थान दिइएको छ । डेसक्याम्पले अन्तिम १७ खेलाडीको सूचीमा अन्तिम समयमा पोग्बाको विस्थापन सच्याइएको जानकारी दिए ।







डिसी नेपाल








Facebook Comment