धोनीसँगै सन्यास लिएका सुरेश रैना आइपिएल पनि नखेल्ने, खेल्न भन्दै दुबइ गएका थिए
काठमाडौं। भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका ब्याट्सम्यान सुरेश रैना यो सिजन आइपिएल पनि नखेल्ने भएका छन् । आइपिएलका लागि भन्दै उनी दुबइ गएका थिए र प्रशिक्षणमा पनि सहभागी भएका थिए तर अचानक उनी आइपिएल नखेल्ने गरी भारत फर्किएका छन् ।
Suresh Raina has returned to India for personal reasons and will be unavailable for the remainder of the IPL season. Chennai Super Kings offers complete support to Suresh and his family during this time.
KS Viswanathan
CEO— Chennai Super Kings (@ChennaiIPL) August 29, 2020
चेन्नइ सुपरकिंग्सले एक ट्वीट गर्दै सुरेश रैना भारत फर्किएको र यो सिजन आइपिएल नखेल्ने जानकारी दिएको हो । उनी निजी कारणले भारत फर्किएको र आइपिएलको यो सिजन उपलब्ध नहुने बताइएको छ । एक दिन अधिमात्र चेन्नइ सुपरकिंग्सका केही स्टाफ र खेलाडी कोरोना संक्रमित भएको खबर आउको थियो ।







डिसी नेपाल








Facebook Comment