अन्तराष्ट्रिय क्रिकेटर पवन कोरोना जित्न सफल

डिसी नेपाल
१३ भदौ २०७७ १३:३३
4
Shares

राजबिराज । कारोना संक्रमित अन्तराष्ट्रिय क्रिकेटर पवन दास कोरोना जित्न सफल भएका छन । गत श्रावण १६ गते कोरोना संक्रमित भएका पवन बिहिवार कोरोनाको रिर्पोट नेगेटिभ आएपछि कोरोना मुक्त भएका हुन । पवन संगै कोरोना संक्रमित भएका उनका बुवा आमा तथा छोरा छोरीको रिर्पोट समेत बिहिवार नेगेटिभ आएको छ ।

संक्रमण मुक्त भएपछि पवनलाई सगरमाथा अंचल अस्पतालका मेसु रन्जित झा तथा वडा अध्यक्ष समिर झाले सम्मान समेत गरेका छन ।
होम आइसोलेसनमा रहेका क्रिकेटर पवनले आफु कोरोना संक्रमित भएको समयमा सामाजिक संजाल मार्फत कोरोना संक्रमित भएको जानकारी गराए थिए भने कोरोना संक्रमित भएपछि समय समयमा कोरोनालाई जित्न आफनो आत्मबल बलियो बनाउनु पर्छ र नियमित साबुन पानीको प्रयोग लगायत मास्कको प्रयोग तथा सामाजिक दुरीको बारेमा सामाजिक संजालमा संदेश मुलक जानकारी दिदै आएका थिए ।

पवनले सन २००२ मा नेपाली १५ बर्ष मुनिका टोलिबाट र सन २००४ मा १७ बर्ष मुनिका नेपाली टोलिबाट राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका थिए । बायाँ हाते ओपनिंग ब्याट्सम्यान दासले २००२ को १५ बर्ष मुनिको एसिया कपमा टेष्ट राष्ट्र« बंगलादेश यु १५ बिरुद्ध ६२ रन बनाएका थिए । दासले सोहि प्रतियोगितामा भारत बिरुद्ध २९ रन बनाएका थिए । प्रतियोगितामा नेपालले सेमीफाइनल सम्मको यात्रा तय गरेको थियो । सेमीफाइनलमा नेपाल पाकिस्तानसंग २७ रनले पराजित भएको थियो ।

राम्रो प्रदर्शन गरेका कारण दास २००२ यु १५ एसिया कपको एसीसीले घोषणा गरेको ड्रिम टिममा समेत परेका थिए । प्रतियोगितामा उनले ८ खेलमा कुल २०९ रन बनाएका थिए । दास सहित राज श्रेष्ठ, पारस खड्का र शरद भेसावकर उक्त ड्रिम टिममा पर्न सफल भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.