ईङल्यान्ड ५ विकेटले विजयी

डिसी नेपाल
१४ भदौ २०७७ २३:५०

काठमाडौं । ईङल्यान्डमा जारी टि–२० सिरीजको दोस्रो खेलमा घरेलु टोली ईङल्यान्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । जितसंगै ३ टि–२० खेलको सिरीजमा ईङल्यान्डले १–० को अग्रता बनाएको छ । खेलमा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १९५ रन बनायो । पाकिस्तानका लागि कप्तान तथा ओपनर बाबर आजम र फखर जमनले पहिलो विकेटको लागि ७२ रनको साझेदारी बनाएका थिए । आदिल रशीदको बलमा आउट हुनु अघि बाबरले ४४ बलमा सात चौंकाको मद्दतले ५६ रन बनाएका थिए । अर्का ओपनर फखर पनि रशीदकै बलमा आउट हुनु अघि २२ बलमा पाँच चौंका र एक छक्काको मद्दतमा ३६ रन बनाएका थिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न मोहम्मद हफिजले आक्रमक ब्याटिङ गर्दे ३६ बलमा पाँच चौका र चार छक्काको मद्दतमा ६९ रन बनाउदै टोम कर्नको बलमा मोर्गनको हातबाट क्याच आउट हुन पुगे । पाकिस्तानका लागि अन्य खेलाडीहरु सोएब मल्लीक (१४) र इफ्तिखार मोहम्मले अविजित ८ रन बनाए ।

बलिङमा ईङल्यान्डका लागि आदिल रशीदले ४ ओभरमा ३२ रन दिएर २ विकेट तथा क्रिस जोर्डन र टोम कु्रसले समान एक–एक विकेट लिए । एकसय ९६ रनको लक्ष्य पछ्याएर मैदानमा आएको ईङलिश टोलीले १९ं ओभर एक बलमा पाँच विकेट गुमाउदै १९९ रन बनाउदै लक्ष्य पुरा गर्यो । ईङल्यान्डको जितमा कप्तान इयोन मोर्गनले ३३ बलमा ६ चौंका र ४ छक्काको मद्दतमा ६६ रन बनाउदै उत्कृष्ट ब्याटिङ गरे । ईङल्यान्डका अन्य खेलाडीहरुमा डेविड मलन अविजित (५४), विकेट किपर जोनी बरिस्टो (४४), टोम बान्टोन (२०), सेम विलिङस (१०), र मोइन अलीले (१) रनको योगदान दिए ।

पाकिस्तानका लागि शादब खानले ४ ओभरमा ३४ रन दिएर ३ विकेट तथा हरिश रौफले ४ ओभरमा ३४ रन दिएर २ विकेट लिए । यसअघि शुक्रवार भएको पहिलो खेल बर्षाको कारण नतिजा बिहिन भएको थियो । सिरीजको तेस्रो तथा अन्तिम खेल मंगलवार म्यान्चेस्टरमा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.