महिला च्याम्पियन्स लिगको उपाधि लियोनलाई
काडमाडौं । फ्रान्सेली फुटबल क्लब लियोनले पाचौं पटक महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ । आईतवार भएको फाईनलमा लियोनले वोल्फ्सबर्गलाई ३–१ ले पराजित गर्दे युरोपीयन लिगमा आफ्नो दबदबा कायम राखेको हो ।

लियोनका लागि इयुगेनी ली सोमर, साकी कुमागाइ र सारा ब्योर्क गुनार्सडोटिरले गोल गरिन । यो संगै लियोनले सातौं पटक महिला लिग उपाधि माथि जितहात पारेको हो । तेस्रो उपाधिको करिब रहेको वोल्फ्सबर्गका लागि एकमात्र गोल एलेक्स पोपले गरिन । यसअघि वोल्फ्सबर्गले २०१३ र २०१४ मा उपाधि जतेको थियो । वोल्फ्सबर्ग २०१६ र २०१८ मा पनि फाईनलमा पराजित भएको थियो ।


















तस्वीर : एजेन्सी
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment