सीपीएल २०२० सिजनमा पूरनको पहिलो सतक

डिसी नेपाल
१५ भदौ २०७७ १२:५१

काठमाडौैं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) को २०२० सिजनमा पहिलो सतक प्रहार भएको छ । सीपीएलका फ्रेन्चाईजी अमेजन गुयाना वरियर्सका खेलाडी निकोलोस पूरनले २०२० सिजनकै पहिलो सतक प्रहार गरेका छन । आइतवार सेन्ट किट्स एन्ड नेसिव प्याट्रियस बिरुद्वको खेलमा पूरनले आफ्नो टि–२० करियरकै पहिलो सतक प्रहार गरेका हुन । सतक बनाउने क्रममा उनले १० छक्का र ४ चौंका प्रहार गर्दे ४५ बलको सामना गरेका थिए ।

आइतवार भएको खेलमा पूरनको टोली गुयाना वरियर्सले सेन्ट किट्सलाई ७ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको सेन्ट किट्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो । जवाफि ब्याटिङमा १५१ रनको लक्ष्य लिएर आएको गुयाना वरियर्सले पूरनको सतकमा २१ बल अघिनै जितहात पार्यो । गुयानाका लागि अन्य खेलाडीहरु रोस टेलर अविजित (२५), ब्रान्डोन किंङ (१४), केभिन सिन्कलर (५) र सिमरोन हेटमेरले (१) रन बनाएका थिए । आईतवार भएको अर्को खेलमा सेन्ट लुसिया जोक्सले बार्बाडोक्स ट्रिडेन्टसलाई ३ रनले पराजित गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.