ईङल्यान्ड र पाकिस्तानबीच जारी टि–२० सिरिजको अन्तिम खेल आज
काठमाडौं । ईङल्यान्ड र पाकिस्तानबीच जारी टि–२० सिरिजको अन्तिम खेल आज म्यान्चेस्टरमा हुदैछ । तिन खेलको सिरिजमा घरेलु टोली ईङल्यान्ड १–० ले अगाडि रहेको छ । आजको अन्तिम खेल निर्णायक खेल पनि हुनेछ । आजको खेलमा पाकिस्तानले हार ब्योहोरेमा उसले यो सिरिज गुमाउने छ भने जित निकालेमा सिरिज १–१ ले बराबरी गर्ने अवसर पनि टोली संग रहेको छ ।
पाकिस्तान र ईङल्यान्डबीच जारी ३ खेलको टि–२० सिरिजको पहिलो खेल बर्षाको कारण नतिजा बिहिन भएको थियो । दोस्रो खेलमा ईङल्यान्डले पाकिस्तानले दिएको १९६ रनको ठुलो लक्ष्य पछ्याउदै ५ विकेटको जित निकालेको थियो । आज हुने अन्तिम खेल रोमाञचक हुने अनुमान गरिएको छ । आजको खेल नेपाली समय अनुसार राती १०.४५ मा म्याचेस्टरको ओल्ड टे्रर्फडमा सुरु हुनेछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment