केन रिचर्ड्सनले आईपीएल नखेल्ने

डिसी नेपाल
१६ भदौ २०७७ १२:२७

काठमाडौं । आईपीएल को १३ औं सत्र अझै शुरू भएको छैन तर आईपीएल र आईपीएलका टोलीहरुको बारेमा लगातार बिभिन्न किसिमका खबरहरु बाहिर आईरहेको छ । केहि दिनअघि चेन्नई सुपर किंग्स (सीएसके)का १३ खेलाडीहरुमा कोरोना पोजेटिभ देखिनु, सुरेश रैनाले आईपीएल नखेल्नु जस्ता खबरहरुले आईपीएलको माहोल तताईरहेको समयमा आईपीएलको अर्को एक टोली राजस्थान रोयल्स (आरसिबि) बारे पनि नयाँ खबर बाहिर आएको छ । खबरका अनुसार आरसिबिका स्टार बलर केन रिचर्ड्सन यो सिजनको आईपीएल नखेल्ने भएका छन ।

केनको परिवारमा नयाँ सदस्यको आगमन अर्थात उनी पिता बन्न लागेका कारण, परिवार समय दिनु पर्ने भएकोले उनी यो सिजनको आईपीएल नखेल्ने भएका हुन । आरसिबिले ट्वीट गर्दे यो कुराको बारेमा जानकारी दिएको छ । भारतीय कप्तान विराट कोहलीको यो टिममा केनको ठाउमा अष्ट्रेलियाका लेग स्पिनर एडम जाम्पालाई समावेश गरिएको छ ।

आईपीएलमा लिलामिको बखत बेस प्राईस १.५ करोड भारतीय रुपैया रहेको जाम्पालाई कुनैपनी टोलीले खरिद गरेको थिएन । केनलाई आरसिबिले चार करोड भारतीय रुपैयामा खरिद गरेको थियो । यसकारण टोलीले ठुलै घाटा ब्योहोरेको अनुमान गर्न सकिन्छ । तर जाम्पाको आगमन संगै टोलीको स्पिन लाईन भने बलियो भएको छ । किनभने युजवेंद्र चहल, मोइन अली र पवन नेगी जस्ता बलहरु पहिलेनै टोलीमा रहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.