अपराधिक मुद्दामा दोषी ठहरिएका पाँच शीर्ष खेलाडीहरू
काठमाडौं । फुटबल विश्वव्यापी रूपमा सबैले पछ्याउँने एक खेल हो र यसका फ्यानहरू विश्वको प्रत्येक कुनामा रहेका छन्। त्यसकारण फुटबलरहरू सेलिब्रेटीहरु भन्दा कम हुँदैनन्। उनीहरुले ग्लामर, पैसा र नाम सबै कुराहरु प्राप्त गरेका हुन्छन। फुटबलका स्टार खेलाडीहरूलाई संसारले मनपराउँछ, संसारले पछ्याउँछ र उनीहरुलाई फ्नाहरुले आफ्नो आईडलको रुपमा पनि मान्छन ।
विश्वमा केही यस्ता फुटबल खेलाडीहरू छन् जसले आफ्नो कार्य र उदारताका कारण व्यक्तिहरूको मन जितेका छन्, तर त्यहाँ केही यस्ता खेलाडीहरू पनि छन् जसले यो खेलमा दाग पनि लगाएका छन । केहि यस्ता खेलाडीहरू पनि छन् जो विश्वको आँखामा तारा नभई भिलेन बनेर मैदानबाट जेल गएर खेलको मर्यादा तोडेका छन ।
एडम जोनसन : म्यान्चेस्टर सिटी र सन्दरल्याण्डका लागि खेल्ने एडम जोनसनलाई गम्भीर आरोप लगाइएको थियो जसको कारण उनी जेल जानु पर्यो । २०१४ मा जोसन एक १४ बर्षीय युवतीको साथ अतिरिक्त वैवाहिक सम्बन्धमा थिए। ती नाबालिग युवतीसँग उसनको शारीरिक सम्बन्ध पनि थियो ।
उनी २०१६ मा गिरफ्तार भएका थिए र उनलाई ६ बर्षको जेल सजाई सुनाईएको थियो । तर जेलमा उनले गरेको राम्रो ब्यहारका कारण उनलाई ३ बर्षपछि रिहा गरिएको थियो । यो घटनाको कारणले गर्दा उनको करियरमा गलत प्रभाव पार्यो । उनले जेल सजाय पाउने बित्तिकै सन्दरल्यान्डले उनलाई टोलीबाट बाहिर गरेको थियो । उनको खेलमाथि प्रतिबन्ध नलगाईए पनि पछि उनलाई कुनै क्लबले आबद्व गर्न चाहेनन ।
आर्दा तुनारा : सन २०१८ मा टर्किश मिडफील्डर आर्दा तुनाराले सार्वजनिक स्थानमा एक गायकसंग विवादको क्रममा गोली चलाएको खबर बाहिरीएको थियो । तुनाराले गायक बर्के साहिनसंग विवाद गर्ने क्रममा रिसको झोकमा जमिनमा गोलि चलाएका थिए । उनलाई गैरकानुनी रुपमा हतियार राखेको तथा गायकलाई जानीजानी घाईते बनाउन खोजेको र बेज्जईत गर्न खोजेको आरोपमा ३ बर्ष जेल सजाय सुनाईएको थियो ।
यद्दपी उनलाई अगामी ५ बर्षसम्म कुनैपनि गैरकानुनी कार्य नगर्ने सर्तमा जेल सजायबाट मुक्त गरिएको थियो । अदालतबाट उनले सफाई पाएपनि उनको क्लबले उनीमाथि तिन लाख पचास हजार पाउन्ड जरिवाना लगायो । त्यो सिजनमा उनले रेफ्रिसंग झगडा गरेका कारण उनीमाथि १६ खेल खेल्न प्रतिबन्ध लगाईएको थियो तर पछि उनलाई १० महिनाको प्रतिबन्ध लगाईयो ।
डन्कन फर्ग्युसन : एवर्टनका म्यानेजर डन्कनलाई छिटै रिसाउने ब्यक्तिका रुपमा चिनिन्छ । रिसकै कारण उनी धेरैपटक विवादमा पर्नु परेको छ जसकारण उनले धेरै पटक जरिवाना पनि तिर्नु परेको छ । बिपक्षी खेलाडीलाई हेडबट गरेको कारण उनलाई ६ महिना जेल सजाय सुनाईएको थियो तर उनी ४५ दिनमै जेल बाहिर आए ।
फुटबलमा मैदानमा केहि नराम्रो गरेको कारण जेल सजाय पाएको प्रायः कमै देदिन्छ । उनीमाथि प्रहरीसंग विवाद गरेका कारण धेरै पटक जरिवाना तिराउन लगाईएको छ । उनलाई अपाङता भएका ब्यक्तिलाई पिडा दिएको कारण पनि एक बर्षसम्म निगरानीमा राखिएको थियो ।
जोए बर्टन : जोए बर्टन आफ्नो खराब ब्यबहारका कारण फुटबल जगतमा धेरै पटक बदनाम भएका थिए । म्यान्चेसटर सिटीका मिडफिल्डर भईसकेका यी खेलाडी झगडालु र रिसाहा प्रवृतीका कारण धेरै पटक विवादमा परेका छन । उनीमाथि ड्राईभिङ रेस गरेको पनि आरोप छ । उनले पैदल यात्रुलाई गाडिले ठक्कर दिएको आरोपमा ७७ दिनको जेल सजाय भोग्नुपर्यो ।
ब्रुनो फर्नांडिस डिसूजा : फ्लेमिङोका पूर्व गोलकीपर ब्रुनोले हत्याको गम्भीर आरोपको सामना गर्नु पर्यो। उनले आफ्नो साथी एलिजा समुदियोलाई गम्भीर चोट पुरया्एर उनको हत्या गरेकोको अभियोगमा उनलाई २२ वर्ष जेल सजाय सुनाइएको थियो । पछि मानिसहरु र उनका फ्यानहरू चकित भए जब २०१९ मा उनलाई राम्रो व्यवहारु को कारण जेलबाट रिहा गरियो ।
अझ आश्चर्यको कुरा के थियो भने, उनको रिहाई पछि, उनले दोस्रो टायर क्लब बोवा एस्पोर्टसँग पनि एउटा सम्झौता गरे। रिहाइ पछि, उनले कहिले पनि कुनै पश्चाताप गरेको महसुस गरेन।







डिसी नेपाल








Facebook Comment