आईसीसीले पठायो क्रिकेट खेलाडीहरुको तलब

डिसी नेपाल
१६ भदौ २०७७ २१:५७

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको रोकिएको एक वर्षको तलब पठाएको छ । आईसीसीले मंगलवार एक वर्षको तलब नेपाल क्रिकेट संघ क्यानको खातामा पठाएको क्यानले जनाएको छ ।

नेपाली टिमका २२ खेलाडी र १ जना भिडियो एनालिस्ट गरी २३ जनाको तलब आईसीसीले पठाएको हो । यसपटक विगतमा भन्दा मासिक १० हजार रुपैयाँ बढेर ‘ए’ ग्रेडका खेलाडीले मासिक ४५ हजार, ‘बी’ ग्रेडकाले ३५ हजार र ‘सी’ ग्रेडकाले ५ हजार रुपैयाँको दरले तलब पाउनेछन् ।

गत हप्ता आइसीसीको निर्देशन अनुसार नेपाल क्रिकेट संघ क्यानले आइसीसीको सूचीमा रहेका खेलाडीको हस्ताक्षर गरेर पठाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.