च्याम्पियन्स लिग उपविजेता, पीएसजीका दुई खेलाडी कोरोना संक्रमित

डिसी नेपाल
१६ भदौ २०७७ २३:४४

काठमाडौं । कोरोनाको खतरा अझै पनि समाप्त भएको छैन । प्रतियोगिताहरु सुरु भएपछि पनि खेलाडीहरू संक्रमित हुने क्रम जारी रहेको छ। चर्चित पेरिसियन फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का दुई खेलाडी कोरोना संक्रमित भेटिएका छन्। पीएसजीले उसको दुई खेलाडीहरू कोविड १९ संक्रमित भएको आशंका गरेको छ। फ्रान्सेली च्याम्पियन टोलीले ती खेलाडीहरूको पहिचान खुलासा गरेका छैनन्। उनीहरूलाई आवश्यक स्वास्थ्य प्रोटोकल अपनाउन भनिएको छ।

गत हप्ता पीएसजी च्याम्पियन्स लिगको फाइनलमा बार्यन म्युनिकबाट पराजित भएको थियो। टोलीले १० सेप्टेम्बर सम्म फ्रान्सेली लिगमा आफ्नो सिजन डेब्यू गर्नुपर्ने छैन । फ्रान्सेली लिगले पीएसजीले आराम गर्न थप समयको लागि गरेको अनुरोध स्विकार गर्दै लेन्स विरुद्धको पहिलो खेल अर्को हप्ता सम्म स्थगित गरेको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *