ला लिगामा बार्सिलोनाको पहिलो खेल विलारियलसँग, मेस्सी खेल्ने अझै अनिश्चित
काठमाडौं । मेस्सीले बार्सिलोनाबाट अगामी सिजनमा खेल्ने नखेल्ने अझै अनिश्चितनै रहेको छ । यसैबिच ला लिगाले नयाँ सिजनको लागि सोमवार आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ । नयाँ क्यालेन्डर अनुसार ला लिगामा बार्सिलोनाले आफ्नो पहिलो खेल सेप्टेम्बरको अन्त्यमा विलारियलसँग खेल्नेछ ।
लिगको पहिलो सत्रको खेलहरु सेप्टेम्बरको दोस्रो हप्ता सुरु हुनेछ । तर पछिल्लो सिजनमा लामो समय सम्म खेलेका टिमहरु बार्सिलोना लगायत अन्य टोलीहरुलाई तयारीको लागि समय दिईएको छ । टोलीको सुरुवाती खेलहरु स्थगित गरिएको छ । लिगका सबै खेलहरु बिना दर्शक खाली स्टेडियममा हुनेछ । पहिला खेलमा सिमित दर्शकहरु ल्याउने योजना बनाईएको भएपनि स्पेनमा कोरोना संक्रमित हरुको संख्या बढदै गएको कारण योजना स्थगित गरिएको छ ।
मेस्सी गत हप्ता आफुले क्लब छोडने बार्सिलोनालाई बताएका थिए । यो सँगै उनी टोलीको सोमवार भएको पहिलो अभ्यास सत्रमा पनि उपस्थित भएनन । उनी आईतवार क्लबको टेनिङ सेन्टरमा भएको पिसिआर परिक्षणमा पनि उपस्थित भएका थिएनन । बार्सिलोनाले आफ्नो पहिलो खेल यस बर्ष शिर्ष डिभिजनमा स्थान बनाएका टोली एल्चीसँग र दोस्रो खेल एथलेटिक बिल्बाओ खेल्ने तय भएको थियो । तर दुबै खेल हाल स्थगित गरिएको छ ।
बार्सिलोनाले २७ सेपटेम्बरमा आफनो पहिलो खेल विलारियल बिरुद्व खेल्ने छ । चिरप्रतिद्धन्दी रियल म्याड्रिड बिरुद्वको पहिलो खेल बार्सिलोनाले अक्टुबरको अन्त्यमा केपनाउमा खेल्नेछ । रियलसँगको दोस्रो खेल बार्सिलोनाले अर्को बर्ष ११ अप्रिलमा म्याड्रिडमा खेल्नेछ । सोमवार देखी अभ्यास सुरु गरेको रियलले आफ्नो पहिलो खेल रियल सोसिएदाद बिरुद्व खेल्नेछ । म्याड्रिडको एक खेल मात्र स्थगित गरिएको छ, किनभने च्याम्पियन्स लिगमा म्याड्रिड क्वाटरफाईनल सम्म पुग्न पनि असर्मथ रहेको थियो । लिगको समापन २०२१ मई महिनामा हुनेछ ।
La Liga Fixtures To Be Announced Today https://t.co/iFZWXzGXVJ
— Ace Media (@houseoface_) August 31, 2020







डिसी नेपाल








Facebook Comment