महेन्द्र सिंह धोनीलाई झट्कामाथि झट्का !

डिसी नेपाल
१९ भदौ २०७७ १५:००

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेटबाट भर्खरै सन्यास लिएका भारतको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई एकपछि अर्को झट्का लाग्छ थालेको छ । तीन पटकसम्म चेन्नइ सुपरकिंग्सलाई आइपिएलको उपाधि दिलाएका कप्तान धोनीले यसपटक पहेंलो जर्सीमा चौथो पटक आइएपिएलको ट्रफी उचाल्ने सपनासहित यूएइ गएका थिए । तर युएइ गएलगत्तै उनको टिमले लगातार झट्का झेल्नु परेको छ ।

युएइ पुगेलगत्तै चेन्नइ सुपरकिंग्सका २ जना खेलाडीसहित १३ जना स्टाफ कोरोना संक्रमित पाइएका थिए । यो चेन्नइ सुपरक्ग्सिंका लागि ठूलो धक्का थियो । यसलगत्तै टिमका स्टार ब्याट्सम्यान सुरेश रैना निजी कारण देखाउँदै आइपिएल बीचमै छाडेर भारत फर्किए । रैना टिमबाट बाहिरिनु चेन्नइका लागि अर्को ठूलो धक्का थियो । रैना बाहिरिएको चोट बिर्सिन नपाउँदै कप्तान धोनीलाई अर्को झट्का लागेको छ । अब टिमका स्टार बलर हरभजन सिंह पनि टिमबाट बाहिरिएका छन् । हरभजनले पनि आइपिएलबाट बाहिरिनुको कारण निजी बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.