नेपाल पुलिस क्लबले यु–१९ क्रिकेट टोली बनाउने
काठमाडौं । हरेक क्षेत्रको साथ, सहयोग र मदतले गर्दा नै नेपाली क्रिकेटको विकास सम्भव हुने उद्देश्यले नेपाली क्रिकेटको विकासमा लागि परेको नेपाल पुलिस क्लबले सिनियर पछि अब यु–१९ क्रिकेट टोली पनि बनाउने योजना बनाएकाे छ। क्रिकेट विकासका लागि खेलाडीको अभ्यास, सहभागिता, शारीरिक, मानसिक, आर्थिक हरेक अबस्थालाइ मजबुत र सिपयुक्त बनाउन लागिपरेको नेपाल पुलिस क्लबले निकट भविष्यमै यु–१९ क्रिकेट टोली बनाउने भएको हो । त्यसका लागि क्लबले सामाजिक संजाल फेसबुक मार्फत ईच्छुक खेलाडीहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ ।
याे विषयमा नेपाल पुलिस क्रिकेटकाे फेसबुक पेजमा जानकारीसमेत दिइएकाे थियाे। तर, साे जानकारी सम्बन्धी पाेस्ट हाल हटाइएकाे छ।
स्राेतका अनुसार नेपाल पुलिस क्लबले अब तल्लो स्तरबाटै क्रिकेट खेलाडी उत्पादन गरेर ती खेलाडीहरुलाई प्रदर्शनको आधारमा पुलिस क्लबको सिनियर टोलीमा समावेश गराउने योजना रहेको छ । हाल क्लबको टोलीमा २८ सिनियर खेलाडीहरु रहेको र सिनियर खेलाडीको अवकाश पछि रिक्त्त रहेको स्थानमा यु–१९ टोलीमा राम्रो पदर्शन गरेका खेलाडीहरुलाई समावेश गर्ने योजना क्लबको रहेको छ । साथै क्लबले निकट भबिष्यमा प्रदेश अनुसारको पनि टिम बनाउने योजनामा रहेको स्राेतले बतायाे।
हाल खेलाडीहरुको नामाबली संकलनको कार्य भईरहेको र अहिलेसम्म करिब ७०–८० को हाराहारीमा राष्ट्रिय, क्षेत्रीय तथा अन्य लेभलका खेलाडीहरुले नाम पठाएका छन्। साथै कोरोनाको माहामारी सकिएपछि टोलीका लागि खेलाडीहरु छनौट गरिने जनाइएकाे छ। खेलाडी छनौट टोलीमा पुलिस क्लबका प्रशिक्षक तथा पूर्व राष्ट्रिय खेलाडी मनोज कटुवाल, पुलिस क्लबका कप्तान मन्जित श्रेष्ठ र कमान्डर चित्र बहादुर बिस्ट रहेका छन्।
https://www.facebook.com/permalink.php?story_fbid=618425575711236&id=302904473930016
No ads found for this position


डिसी नेपाल
Facebook Comment