चेन्नई सुपर किंग्सलाई अर्को झट्का, हरभजनले पनि आईपीएल नखेल्ने

डिसी नेपाल
१९ भदौ २०७७ २१:२८

काठमाडौं। कोरोनाका कारण भारतमा नभएर यूएईमा हुन लागेको यो सीजनको आईपीएलमा चेन्नई सुपर किंग्सलाई झट्का लाग्नेक्रम रोकिएको छैन। पहिला सो टिमका १३ जनालाई कोरोना संक्रमण भयो अहिले महत्वपूर्ण खेलाडीले आईपीएल नखेल्ने घोषणा गरेका छन्।

पछिल्ला दई सिजन चेन्नईबाट आईपीएल खेलेका दिग्गज अफ स्पीनर हरभजन सिंहले व्यक्तिगत कारण देखाउँदै यो सिजन आईपीएल नखेल्ने घोषणा गरेका छन्। उनले ट्वीटरमार्फत आफूले आईपीएल नखेल्ने घोषणा गरेका हुन्। उनले यो समय निकै संवेदनशील रहेको र यस्तो बेला परिवारसँग बस्नुपर्ने भन्दै आईपीएल नखेल्ने बताएका हुन्।

चेन्नई प्रबन्धकले पनि हरभजनले आईपीएल नखेल्ने पुष्टि ट्वीटरमार्फत नै गरेका छन्। यसअघि सो टिमका अर्का दिग्गज खेलाडी सुरेश रैनाले पनि व्यक्तिगत कारण भन्दै आईपीएल नखेल्ने घोषणा गरेका थिए।

यसअघि मुम्बई इण्डियन्सका फास्ट बलर श्रीलंकन खेलाडी लासिथ मालिंगाले पनि आईपीएल नखेल्ने घोषणा गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.