मुस्तफिजुरले आईपीएल खेल्न नपाउने

डिसी नेपाल
२१ भदौ २०७७ १३:३६

काठमाडौं । बङलादेशी क्रिकेटर मुस्तफिजुर रहमानले आईपीएल खेल्न नपाउने भएका छन । आईपीएलका दुई टोलीहरु मुम्बई इन्डियन्स र कोलकत्ता नाईट राइर्डसले मुस्तफिजुरलाई आईपीएल खेल्न अफर गरेको थियो । तर बङलादेश क्रिकेट बोर्डले उनलाई आईपीएल खेल्न अनुमति दिन अस्विकार गरेको छ ।

बङलादेश क्रिकेट बोर्डले आगामी महिना श्रीलंका भ्रमण गर्ने भएको कारण उनलाई आईपीएल खेल्न अनुमति नदिएको जनाएको छ । २४ बर्षीय मुस्तफिजुरले यसअघिका आईपीएलमा क्रमश मुम्बई इन्डियन्स र सनराईर्जस हैदराबादका लागि खेलेका थिए । बङलादेशका खुलना निवासी मुस्तफिजुरले सन २०१५ मा टेस्ट, एकदवसीय र अन्तराष्ट्रिय टि–२० मा डेब्यु गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.