नक्कली कागजात बनाएर भिसा लिन खोज्ने दुई नेपाली जापानमा पक्राउ
टोकियो (जापान)। नक्कली कागजात बनाएको आरोपमा दुईजना नेपाली जापानमा पक्राउ परेका छन्। उनीहरुले नक्कली कागजात बनाएर जापानको भिसा लिने प्रक्रिया गरेको आरोप लगाइएको छ। जापानको ईबाराकी अध्यागमन कार्यालयले उनीहरुलाई नक्कली कागजात बनाएर आवास अनुमती पत्र लिन खोजेको आरोपमा पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा एक पुरुष र एक महिला छन्।
एनएचके समाचार एजेन्सीका अनुसार ३८ बर्षीय दिपेन्द्र साहानी र २२ बर्षीया सृजना बोहरा पक्राउ परेका हुन्। साहानीले नक्कली कागजात बनाए बोहरालाई छोरी भन्दै भिसा लिने प्रयास गरेको जनाइएको छ।
ईबाराकी अध्यागमन कार्यालयले झुटो विवरण दिएर भिसा लिने प्रयास भएको यो पहिलो घटना भएको बताएको छ।। पक्राउ परेकाहरुलाई जापानको अध्यागमन नियन्त्रण ऐन उल्लंघन गरेको आरोप लगाइएको छ।
पक्राउ परेका अभियुक्त साहानी ईबाराकी हिगाशी तागा चो हिचाची शहरमा रेष्टुरेण्ट व्यवसाय गर्दै आएको बताईएको छ। पक्राउ पर्ने अभियुक्त महिला साहानीको पूर्व पत्नीको बहिनी भएको एनएचके समाचार संस्थाले उल्लेख गरेको छ।
No ads found for this position


Facebook Comment