फिक्सिङको आरोपमा अफगानिस्तान क्रिकेटका कोचलाई ५ बर्ष प्रतिबन्ध

डिसी नेपाल
२३ भदौ २०७७ १२:०२

काठमाडौं । अफगानिस्तान क्रिकेटका जुनियर स्तरका कोच नूर मोहम्मद ललईलाई अफगानिस्तान क्रिकेट बोर्डले म्याच फिक्सिङको आरोपमा पाँच बर्ष प्रतिबन्ध लगाईएको छ । बोर्डका एक अधिकारी अनुसार नूर मोहम्मदले शपागीजा क्रिकेट लिगको पछिल्लो संस्करणको खेलमा फिक्सिङको लागि एक राष्ट्रिय स्तरका क्रिकेटरसंग सम्बन्ध बनाउने प्रयास गरेका थिए ।

भ्रष्टाचार निरोधक इकाईका वरिष्ठ प्रबन्धक सय्यद अन्वर शाह कुरेशीले भने, “यो गम्भीर अपराध हो जुन जुनियर तहका घरेलु प्रशिक्षक फिक्सिङ जस्ता अपराधमा संलग्न भएको पाइन्छ।”

उनले भने, “यी प्रशिक्षकले एजेन्टको रूपमा स्पट फिक्सिङमा राष्ट्रिय टोलीका एक खेलाडीलाई समाहित गर्ने प्रयास गरे। तर यो खेलाडीले यस बारे बोर्डलाई जानकारी गरायो र अनुसन्धानमा सहयोग पुर्‍यायो। नूर मोहम्मद दोषी पाइएको छ र ५ बर्षको लागि प्रतिबन्ध लगाइएको छ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *