कोरोनाको कारण चेक गणतन्त्रको पूरै फुटबल टोली परिवर्तन
काठमाडौं । कोरोना भाइरस (कोविड–१९) महामारीबाट प्रभावित चेक गणतन्त्रले नेशन्स लिग फुटबल प्रतियोगिताको अर्को खेलको लागि नयाँ टोली चयन गरेको छ । टोलीमा चयन गरिएका २३ खेलाडी मध्ये दुई खेलाडीसंग मात्र राष्ट्रिय टोलीको खेलेको अनुभव छ । । चेक रिपब्लिकले लिग बि मा स्कटल्यान्ड संगको खेल आयोजना गर्नुपर्नेछ। टोलीले शिविरमा कोरोना भाइरस भएको पाईए पनि पहिलो खेलमा ब्राटिस्लावालाई १–० ले पराजित गरेको थियो ।
चेक गणतन्त्र टोलीका दुई सदस्यहरू कोविड १९ संक्रमण भेटिएका थिए । त्यसपछि राष्ट्रिय टोलीका नियमित सदस्य र प्रशिक्षक जारोस्लाव सिल्भाई अलग्गै राखिएको छ। नयाँ टोलीका सबै २३ खेलाडीहरू घरेलु लिगमा खेलिरहेका थिए। २०१६ मा राष्ट्रिय टोलीबाट अवकाश लिएका ३६ बर्षीय डिफेन्डर रोमन हुबानिकलाई कप्तान नियुक्त गरिएको छ। चेक गणतन्त्र अण्डर–१८ टोलीका प्रशिक्षक डेभिड होलोबेकलाई नयाँ राष्ट्रिय टोलीको प्रशिक्षक बनाईएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment