नक्कली कागजात देखाएर जापान सरकारलाई ठग्ने दुई नेपाली जापनमा पक्राउ

ज्याक खड्का
२४ भदौ २०७७ २२:२०

टोकियो । कोरोना महामारीका कारण संकटमा परेकाहरुलाई जापान सरकारले दिने ऋणको दुरुपयोग गरेपछि दुईजना नेपाली जापानमा पक्राउ परेका छन्। केही दिनअघि झुटो विवरण पेस गरेर जापानी भिसा लिने प्रयास गरेको आरोपमा अन्य दुईजना नेपाली पक्राउ परेका थिए।

कल्याणकारी कोषमा आधारित ऋण प्रणालीबाट फर्जी विवरण बुझाई ४ लाख येन लिएको विषयमा उनीहरु पक्राउमा परेका हुन् । पक्राउ पर्नेहरुमा रेष्टुरेन्ट संचालक ३४ बर्षिय चुणामणि काफ्ले र अर्का एकजना रेस्टुरेन्टका कर्मचारी ४४ बर्षिय शिव प्रसाद रेग्मी रहेका छन्।

ति दुई नेपालीहरुलाई आप्रवासन र शरणार्थी कानूनको उल्लघंन गरेको आरोप लगाइएको भए पनि उनीहरुले भने आफूहरु माथि लगाएको आरोपको अस्विकार गरेका छन्।

आप्रवासन र शरणार्थी कानूनको उल्लघंन गरेको अनुसन्धानको क्रममा आरोपित उनीहरुले नक्कली कागजात तयार पारि जापान सरकारले साना तथा मझौला व्यवसायहरुलाई दिएको २० लाख येन अनुदान पनि लिएका हुन् कि भन्ने शंकामा थप अनुसन्धान भइरहेको सान्केइ शिन्बुनको अनलाइन संस्करणमा खबर छ।

उनीहरुले यही बर्षको जुन महिनामा आफ्नो आम्दानी घटेको भनि सिन्जुकु कु मा रहेको समाज कल्याण परिषदको कार्यालयबाट ऋण लिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *